×

NMB BANK
NIC ASIA

बाढीले बेहाल

जो करोडपति थिए तर मेलम्ची बाढीपछि बिलौना : ‘एकक्षणमै हामी कंगाल भयौं !’

असार ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ३८ वर्षीय बुद्धिप्रसाद गौतमले बेकरी हाउस सञ्चालन गरेर आफ्नो घर परिवारको गुजारा गर्दै आएका थिए ।

Muktinath Bank

विगत १८ वर्षदेखि मेलम्ची बजारमा भाडाको सटरमा बेकरी हाउस सञ्चालन गर्दै आए पनि २ वर्ष अघिदेखि आफ्नै घरबाट व्यापार गर्दै आएका थिए । मेलम्चीको मुख्य बजारमा ४ आना जग्गा किनेर १ तला पक्की घर बनाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुर्ख्यौली गाउँ रामेछापको गुन्सी भदौरेको पैतृक सम्पत्ति २० रोपनी जग्गा बेचेर शहरमा २० लाख रुपैयाँ आनाको दरमा ४ आना घडेरी किनेको गौतमले बताए । जग्गा किनिसकेपछि थप २५ लाख रुपैयाँ लगानी लगाएर एकतले पक्की घर बनाएको उनले बताए तर अहिले उनको घरको अत्तोपत्तो नै छैन ।


Advertisment
Nabil box
Kumari

असार १ गते आएको बाढीले उनको घर पुरिएको छ, घरको भग्नावशेष नै देखिएको छैन । ‘बाढीमा बगेर आएको बालुवा, ढुंगा सहितको लेयरले घर पुरिएको छ,’ बालुवाको बगर बनेको ठाउँतर्फ देखाउँदै उनले भने, ‘उ त्यो बालुवा र माटोको ढिस्कोमाथि अहिले केही मानिसहरू छन्, त्यसभित्र मेरो घर थियो, जो अहिले पुरिएको छ ।’

Vianet communication
Laxmi Bank

भाडाको सटरबाट आफ्नै घरमा बेकरी उद्योग सञ्चालन गर्नका लागि कृषि विकास बैंकबाट १६ लाख रुपैयाँ ऋण स्वीकृत भए पनि १० लाख रुपैयाँ ऋण समेत लिएका थिए । ‘गौतम बेकरी’ नामले सञ्चालन गरेको उद्योगबाट पाउरोटी, केक, डेरीजन्य उत्पादन गरेर बिक्री वितरण गर्दै आएका थिए । बेकरीको काममा उनलाई उनकी ३७ वर्षीया पत्नी सीता गौतमले पनि दिनरात सहयोग गर्ने गरेकी थिइन् । मासिक ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन् । तर बाढी आएपछि सबै सम्पत्ति बर्बाद भएको छ ।

अचानक बाढी आयो भनेर सूचना आएपछि लाएको कपडाबाहेक केही पनि सामान घरबाट निकाल्न नसकिएको उनले बताइन् । ‘घरमा भएको एउटा चप्पल समेत खुट्टामा लगाउन सकिएन, खाली खुट्टा नै घरबाट बाहिर भाग्नुपर्‍यो,’ उनले भनिन्, ‘अहिले अरु मानिसको चप्पल मागेर बाहिर आफन्तको शरणमा बस्नुपरेको छ ।’

‘पसलमा २५ लाख रुपैयाँ जतिको त बेकरी मशिन नै थियो, त्यो पनि पुरियो,’ उनले भनिन्, ‘लत्ता, कपडा, सुनचाँदी, नगद, खाने समानदेखि फर्निचर, टेलिभिजन, फ्रीज लगायत थुप्रै सामान थिए । एउटा सामान पनि निकाल्न सकिएन, सबै बर्बाद भयो, एकक्षणमै हामी कंगाल भयौं !’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x