×

NMB BANK
NIC ASIA

रूपन्देहीको कञ्चन गाउँपालिका (रुद्रपुर) का २४ वर्षिय बिशाल केसी आइतबार बिहान उठेर दाँत माझ्दै थिए ।

Sagarmatha Cement
Muktinath Bank

एक्कासी ब्रस घाँटीबाट पेटतिर छिर्‍यो । उनी आत्तिए । डराए । नजिकैको मेडिकलमा गएर एक्सरे गरे । एक्सरे गर्दा केही देखिएन । बिरामीलाई झन पछि झन दुखाई बढ्दै गयो । घरपरिवार पनि आत्तिए । उनलाई तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल अस्पतालमा ल्याएर इन्डोसकोपी गरियो । इन्डोसकोपी गर्दा उनको खाना नलीमा ब्रस अड्किएको देखियो । त्यसपछि प्रदेशिक अस्पतालको नाक कान घाँटी रोग विशेषज्ञको टीम शल्यक्रिया गरी उनको अड्किएको ब्रस निकाल्न कँस्सिए । 


Advertisment
Nabil box
Kumari

बिशेषज्ञ डाक्टरहरु विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधन सहितको स्वास्थ्यकर्मीको टोलीले सफल अप्रेशसन गरी उनको ब्रस घाँटीबाट निकाल्न सफल भयो । चिकित्सकको टोलीले बिरामीको घाँटीबाटै १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो । डा.शर्माले यस्ता घटना बिरलै हुने गरेको बताए ।  

Vianet communication
Laxmi Bank

डा. शर्माले भने, ‘इन्डोस्कोपी गर्दा खाना खाने नलीमा छातीको बीच भागमा अड्किएको देखियो । त्यसपछि बिरामीको अवस्थाको बारेमा आफन्तलाई जानकारी गराएर बिना चिरफार शल्यक्रिया गरिएको हो ।’

चिकित्सहरुका अनुसार उनको शल्यक्रिया जटिल त थियो ।

घाँटीबाट छिरेको ब्रस छातीको बीचभागमा पुगिसकेको भए त्यो पेटसम्म पनि पुग्न सक्थ्यो, या आन्द्रा छेडेर शरीर भित्रै आन्द्रा बाहिर पनि जानसक्थ्यो । यो सबै कुरा बिरामीका आफन्तलाई ब्रिफिङ् गराएर ब्रस निकाल्न सुरु गरिएको डा. शर्माले बताए ।

सोही अनुसार बिरामीका आफन्तले पनि उपचार अगाडि बढाउन आग्रह गरे ।

राइड ओसोफ्यागोस्कोपी प्रविधिबाट उनको शल्यक्रिया गरिएको हो । चिकित्सकहरुका अनुसार यो प्रविधिमा बिरामीलाई बेहोस गराइन्छ तर चिरफार गर्नुपर्दैन । मुखबाट क्यामेरा जडित पाइप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधिलाई ओसोफयागोस्कोपी भनिन्छ । 
 

उक्त प्रविधिको प्रयोग गरेर यो शल्यक्रिया सफल नहुन पनि सक्थ्यो र तत्कालै चिरफार गर्नपर्ने पनि हुन सक्थ्यो । सोही अनुसार सर्जनहरुलाई पनि स्ट्याण्डबाई राखिएको थियो । खाना खाँदा घाँटीमा खाना अड्कीने, मासु खाँदा हडडी अडकिने जस्ता घटना त सुनिरहेकै हो । तर सिंगै ब्रस नै घाँटीबाट छिरेको घटना अलि नौलो नैं मानिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x