×

NMB BANK
NIC ASIA

हचुवामा जोर/बिजोर : १५ लाख गाडी चल्दा संक्रमण बढ्ने, साढे ७ लाख चल्दा नबढ्ने ?

जिल्ला प्रशासनहरूसँग न तथ्यांक छ, न त कुनै आधार !

असार ७, २०७८

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

असार ८ गतेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा जोर/बिजोरका आधारमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।

Muktinath Bank

काठमाडौं उपत्यका अन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘निजी सवारी साधन (कार, जीप, भ्यानमा बढीमा ४ जना), ट्याक्सीमा बढीमा तीन जना र मोटरसाइकल स्कूटीमा २ जना मात्र सवार भएर जोर/बिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली एकैचोटी सबै सवारी साधन सञ्चालन गर्न दियो भने एकदिनमा नै १३ लाख गाडी सडकमा कुदेपछि भीडभाड बढ्ने हुनाले जोर बिजोर प्रणाली लागू गरिएको बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘कोरोना संक्रमण हुने दर घटेको छ, कोरोना संक्रमणका कारण मृत्यु हुने दर घटेको छ, कोरोना संक्रमित भएर निको हुने दर बढेको तथ्यांकको आधारमा निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउने रणनीतिअनुसार निषेधाज्ञालाई खुकुलो बनाइएको छ,’ पराजुलीले भने, ‘एकैचोटि सबै सवारी साधन सञ्चालन गर्न दिएको अवस्थामा भीड बढ्ने र कोरोना फेरि पनि विस्फोट हुन सक्ने भएकाले जोर/ बिजोर प्रणाली लागू गरिएको हो।’

शुरूको दिनमा संक्रमणको दर धेरै भएको तथा मृत्युदर समेत बढी भएकाले निषेधाज्ञा लगाइएको र अहिले त्यो दर कम हुँदै गएपछि निषेधाज्ञा क्रमशः खुकुलो पारिएको उनले बताए।

तर, आधा सवारी साधन एक दिनमा सडकमा निस्किँदा पनि भीडभाड हुँदै भन्ने ठोस आधार देखिँदैन ।

आधा गाडी सञ्चालन भए कोरोना संक्रमण नफैलिने र सबै सवारी साधन सञ्चालन भए मात्र कोरोना संक्रमण फैलिने भन्ने मात्र हुँदैन होला नि भन्ने लोकान्तरको प्रश्नमा पराजुलीले भने, ‘स्वास्थ्यको मापदण्ड पालना गरेर अत्यावश्यक काम परे मात्र सडकमा निस्किन पनि भनेका छौं, अनावश्यक रूपमा काम नपरे ननिस्किन पनि भनेका छौं नि !’

सवारी साधन निस्किएर फेरि पनि कोरोना संक्रमणको दर बढ्यो भने पुन: कडाइ गरिने उनले बताए ।

निषेधाज्ञा लगाएको लामो समय (५४) दिन भएकाले केही खुकुलो बनाइएको उनको भनाइ छ ।

जोर नम्बरका कति संख्यामा तथा बिजोर नम्बरका कति संख्यामा सवारी साधन उपत्यकामा कुद्छन् भन्ने यकिन तथ्यांक प्रशासनसँग छैन ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई पनि उक्त संख्या कति छ भन्ने कुराको तथ्यांक नरहेको बताउँछन् ।

‘काठमाडौं उपत्यकामा १५ लाख सवारी सधान दर्ता भएका छन्, त्यस आधारमा साढे ७ लाख जोर तथा सोही संख्यामा बिजोर नम्बरका गाडी होलान्,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘त्यसमा पनि निजी कति र सार्वजनिक कति संख्या छन् भन्ने कुराको पनि कुनै तथ्यांक ट्राफिक प्रहरीसँग छैन।’

पछिल्लो ५४ दिनदेखि निषेधाज्ञा लागेको अवस्थासम्म एक दिनमा कति सवारी साधन सञ्चालन भए भन्ने कुराको समेत कुनै तथ्यांक नरहेको उनले बताए ।

जोर तथा बिजोर नम्बरसहित निजी तथा सार्वजनिक सवारी साधनको संख्या पता लगाउनका लागि यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसाललाई पटक/पटक लोकान्तरले फोन गर्दा पनि सम्पर्क हुन सकेन ।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x