कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
असार ८, २०७८
सामाजिक सञ्जालमा केही फलोअर्स भएकै कारण स्वघोषणा गरेर अभियन्ता बनेकाहरूबाट पछिल्लो समय सुरक्षा निकायसहित राज्यका हरेक निकाय हैरान छन् ।
सामाजिक सञ्जाल र युट्युबमा चर्को स्वरमा गाली गरेको भरमा चन्दा उठाएर केही पीडितलाई सहयोग गरेपछि उनीहरूले आफूलाई अभियन्ता घोषणा मात्र गरेका छैनन्, जताततै आफ्नो कथित पावर र रवाफ देखाउन थालेका छन् ।
ड्युटीमा खटिएका प्रहरीलाई थर्काउँदै सरुवा गरिदिने धम्की दिएको भिडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
छापामार शैलीमा सरकारी कार्यालयमा छापा हान्ने, प्रहरीले अनुसन्धान गरिरहेका र अदालतमा विचाराधीन मुद्दामा समेत जथाभावी बोल्ने, प्रभावित पार्ने काम गर्दै हिँडेको भिडियोहरू पनि सामाजिक सञ्जालमा प्रस्टै देख्न सकिन्छ ।
युट्युबमा ट्रेन्डिङमा आएकै भरमा आफूलाई ३ करोड नेपालीको प्रतिनिधि भन्दै रवाफ देखाउन उनीहरू व्यस्त छन् ।
यसैको पछिल्लो उदाहरण हो, ज्वाला संग्रौला प्रकरण ।
केही समयअगाडि महानगरीय प्रहरी वृत्त महारागञ्जमा कार्यरत असई मणिकान्त झाविरुद्ध ‘नश्लीय’ टिप्पणी गरेको आरोपमा उनीसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ११ गते महाराजगञ्जमा निषेधाज्ञाको समयमा पास र लाइसेन्स माग्दा असई झालाई ‘जातैले मधेशतिरको लाग्छ, उतै सरुवा गरिदिन्छौं,’ भन्ने आशयको टिप्पणी गरेपछि उनीहरूलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने आवाज उठेको थियो ।
असई झाको ७ दिनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा समेत भएको थियो । प्रहरीले समेत दबाबमा परेर सरुवा गरेको स्वीकारेको थियो ।
नश्लीय कुरा गरेको भन्दै उनीहरूविरुद्ध मधेशी आयोगमा उजुरी समेत परेको छ । त्यसलगत्तै आयोगले दोषीलाई कानूनी दायरामा ल्याउन भन्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको थियो ।
सो निवेदनपछि असई झालाई पुनः महाराजगञ्ज फिर्ता पठाइएको थियो ।
संग्रौलाले नेकपा एमालेनिकट युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेमाथि महानगरीय प्रहरी वृत्त गौशालाको छलफल कक्षमा कुटपिट गरेको तथ्य पनि बाहिर आएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा जेठ १६ गते घिमिरेले ज्वाला संग्रौला, जेरी ताम्राकार, हिमाल उपाध्याय, हेमा श्रेष्ठ, मुना अधिकारी, शर्मिला वाइबालगायतले कुटपिट गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले ज्वाला संग्रौलालगायतका आरोपीलाई असार ६ गते पक्राउ गरेको थियो ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा अदालतबाट ३ दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखिएको छ ।
यस्तै अर्का स्वघोषित अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारी कार्यालयमा गएर कर्मचारीहरूलाई धम्क्याउँदै आएका छन् ।
केही समयअगाडि एक दर्जन युट्युबरलाई लिएर गई वैदेशिक रोजगार विभागका महानिर्देशकलाई थर्काएको र उनलाई कारवाही गर्ने धम्की दिएको भिडियो समेत बाहिर आएको थियो ।
यस्तै तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको कार्यकक्षमा गएर उनलाई पनि थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
तिनै स्वघोषित अभियन्ताले सुर्खेतमा मादक पदार्थ सेवन गरेर झै–झगडा गरेको तथ्य बाहिरिएको थियो ।
यस्ता अभियन्ताले गर्दा कानूनी राज्यको उपहास गरेको सरकारी निकाय तथा कानूनी निकायका जानकारहरू बताउँछन् ।
कानूनी राज्यमा विधिको शासनलाई चुनौती : अधिवक्ता शर्मा
यस्ता अभियन्ताले कानूनी राज्यमा विधिको शासनलाई चुनौती दिएको अभिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।
‘विधिको शासनलाई नै चुनौती दिएका छन्, यिनीहरूलाई राज्यले नियन्त्रण गर्न जरुरी देखिन्छ,’ अधिवक्ता शर्माले लोकान्तरसँग भने, ‘यस्ता गतिविधि संविधानवादको सिद्धान्त र मान्यताविपरीत हुन् ।’
व्यक्तिगत स्वतन्त्रता हुँदाहुँदै पनि राज्य र राज्यका निकायलाई असर गर्ने यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने अधिवक्ता शर्माले बताए ।
अभिव्यक्ति स्वन्त्रतालाई टेकेर अराजक गतिविधिः समाजशास्त्री ढकाल
संविधानले हरेक व्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ । त्यही स्वतन्त्रतालाई टेकेर स्वघोषित अभियन्ताले अराजकता निम्त्याएको समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक निर्मला ढकालले बताइन् ।
‘अभियन्ताका गतिविधिले समाजमा ठूलै परिवर्तन त ल्याउँदैन तर स्वतन्त्रतालाई टेकेर अराजक गतिविधि गरिरहेका छन्,’ उपप्राध्यापक ढकालले लोकान्तरसँग भनिन् ,‘सामाजिक सञ्जालका फलोअर्सका भरमा आफूलाई अभियन्ता भनेर हिँडेका छन् ।’
यस्तो व्यक्तिलाई कसले उचालेका छन् ? कहाँ बाट परिचालित छन् ? भन्ने कुरा मुख्य भएकाले सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने समाजशास्त्री ढकालले बताइन् ।
अभियन्ताले सताए : प्रहरी
वास्तविक अभियन्ताले कानून, विधि प्रक्रियालाई सहयोग गर्ने भएपनि अहिले अभियन्ताका नाममा केही समूहले प्रहरीलाई दुख दिएकाे प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए ।
‘अभियन्ताका नाममा कानून र सिस्टमलाई अप्ठ्यारो पारिरहेका छन्,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘विधि र प्रक्रियामा भएका कामहरूलाई पनि अभियन्ताले आफूअनुकुल मोड्दा काममा अप्ठ्यारो परेको छ ।’
कानूनको परिधिमा रहेर विधि र प्रक्रियाअनुसार प्रहरी गरेका अनुसन्धानहरू स्वघोषित अभियन्ताका कारण विवादमा आएको प्रवक्ता कुँवरले बताए ।
ड्युटीमा खटिएका प्रहरी कर्मचारी, अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरूलाई नै अप्ठ्यारोमा पारेर विवादमा ल्याएको प्रहरीले बताएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...