×

NMB BANK
NIC ASIA

सन्दर्भ : २० मन्त्रीलाई काम गर्न रोक

सर्वोच्चको आदेशप्रति संविधानविद्को मिश्रित प्रतिक्रिया: राजनीतिमा न्यायालय हावी हुन खोजेको हो ?

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न रोक लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सर्वोच्चको यो आदेशले एकैपटक २० मन्त्री तत्कालका लागि पदमुक्त भएका छन् । यसले देशमा निकै ठूलो तरंग सिर्जना गरेको छ ।

Vianet communication
Laxmi Bank

यस विषयमा संविधानविद्हरूले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले राजनीतिक विषयमाथि न्यायालय हावी हुन खोजेको रूपमा यसलाई लिनुपर्ने बताए ।

‘पहिलो कुरा अदालतले सांसद्को सदस्य पद समेत स्वतः गइसकेको भनेर आदेशमा उल्लेख गरेको छ,' आचार्यले भने, ‘त्यस्तो सरकारले मन्त्रिपरिषद विस्तार गर्न नसक्ने भनेर आदेशमा भनिएको छ ।’

राजनीतिक दलमा नै कमीकमजोरी देखिएको अवस्थामा राजनीतिक विषयमाथि न्यायालयले आफ्नो वर्चस्व कायम गर्दै गएको उनले बताए ।

यो आदेशले अर्को कुरा पनि संकेत गरेको भन्दै उनले थपे, ‘अब अहिलेका मन्त्रीहरू नरहने हो र साविकको पुरानो ५ जनाको मात्रै मन्त्रिपरिषद् रहने हो भने ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव यो सरकारले जसरी पनि गर्नुपर्छ भन्ने कुराको संकेत पनि गरेको छ । ६ महिनामा यो सरकारले चुनाव गराउन सकेन भने अर्को संवैधानिक संकट उत्पन्न हुने खतरा बढेको देखिन्छ ।'

राजनीतिमाथि न्यायालयको वर्चस्व बढ्दै जानुलाई सकारात्मक मान्न नसकिने उनको भनाइ छ । यद्यपि यो सबै हुनुमा राजनीतिक दलहरू नै जिम्मेवार रहेको टिप्पणी आचार्यले गरे ।

कामचलाउ सरकार विस्तार भएको र नभएको दुवै अभ्यास नेपालमा रहेको उनले बताए ।

‘मन्त्रिपरिषद विस्तार गर्ने वा पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीको भएपनि अहिलेको सरकार कामचलाउ अवस्थाको थियो,’ आचार्यले भने, ‘विगतमा कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गरेको पनि र नगरेको पनि दुबै अभ्यास हामी कहाँ छ। ’

संविधानविद् समेत रहेका वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली भने संवैधानिक त्रुटि भएकाले नै अदालतले उक्त आदेश गरेको बताए ।

‘नेपालको संविधानको धारा ७७ (३) बमोजिमको काम चलाउ सरकार अन्तर्गतको सोही मन्त्रिपरिषदले मात्र कार्य गर्ने हो, ’ज्ञवालीले लोकान्तरसँग भने, ‘कामचलाउ सरकारले दैनिक नियमित प्रशासनसम्बन्धी र निर्वाचनसम्बन्धी मात्र काम गर्नुपर्नेमा हो । र त्यो काम सोही मन्त्रिपरिषदले मात्र गर्ने हो । हेरफेर गर्ने वा पुनर्गठन गर्ने अधिकार कार्यकारिणी सरकारलाई मात्र हुन्छ, कामचलाउ सरकारलाई हुँदैन।’

'जसरी संविधानको उल्लंघन हुन गयो, गम्भीर संवैधानिक प्रश्न उठ्यो, संवैधानिक त्रुटि हुन गएको कारण नै स्टे अर्डरबाट मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन रोकिएको हो,' उनले भने ।

संविधानविद् डा. विपिन अधिकारीले भने अदालतले स्पष्ट रूपमा बोल्ड आदेश गरेको बताए ।

‘संविधानको धारा ७७ लाई टेकेर आदेश आएको छ, अदालतले केवल त्यसलाई मात्र आधार बनाएर आदेश गरेको छ,’ अधिकारीले भने, ‘हो, अहिले गरिएको अन्तरिम आदेशले सरकारलाई असहज वा अप्ठ्यारो हुन सक्छ।’

६ महिनाभित्र चुनाव गराउँछु भनेर प्रतिनिधि सभा विघटन गरेबाटै यो सरकार कामचलाउमा परिणत भएको उनको टिप्पणी छ  ।

कामचलाउ अवस्थामा रहेको सरकारलाई विस्तार तथा पुनर्गठन गर्ने अधिकार संविधानले नदिएको उनले बताए ।

उनले अब एकाधबाहेक पुरानो टीम पनि नरहने नयाँ पनि नरहने अवस्था आएको बताए ।

‘पुनर्गठन नगरिएको भए पुरानै मन्त्रिपरिषद्को टीमले काम गरिरहन्थ्यो, तर अहिलेको पुनर्गठनलाई अहिलेको अन्तरिम आदेशले छेकिदिएको मात्र हो,’ उनले भने, ‘अब यो सरकारलाई त कस्तो भयो भने पुरानो टीम पनि छैन, नयाँ टीम पनि रहने भएन।’

यस्तो अवस्थामा सरकारले छिटोभन्दा छिटो फैसला गर्नका लागि अदालतलाई अनुरोध गर्न सक्ने उनको प्रतिक्रिया छ ।

‘यो ५ जनाको टीमले मात्र देशको कामकाज सञ्चालन गर्न सकिएन भनेर सरकारले अनुरोध गर्नसक्छ । हुनसक्छ, त्यस्तो अवस्थामा अदालतले छिटोभन्दा छिटो फैसला गरेर यिनैलाई निरन्तरता दिन सक्छ वा पुरानालाई पुनर्बहाली पनि गर्न सक्छ ,’ उनले भने।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x