हिजो प्रचण्डले जे भविष्यवाणी गरे, आज सर्वाेच्चबाट त्यही आदेश आयो : महेश बस्नेत

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भविष्यवाणी जस्तै आज सर्वाेच्च अदालतबाट आदेश आएको भन्दै शंका व्यक्त गरेका छन् ।

सर्वाेच्च अदालतले मंगलवार अन्तरिम आदेशबाट सरकारका २० मन्त्रीलाई पदमुक्त गरिदिएको छ । प्रतिनिधिसभा विघटनपछि बनेका नयाँ मन्त्रीले सर्वाेच्चले काम नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ ।


Advertisement

सर्वाेच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबूकमा टिप्पणी गर्दै नेता बस्नेतले लेखेका छन्, ‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङमा आफूले प्राप्त गरेको विशेष सूचना भनेर जे बोल्नुभएको थियो, आज प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।’

नेता बस्नेतले न्यायालयबारे जे भइरहेको छ ठीक नभएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘यो फैसला पछाडि आम रूपमा के प्रश्न उठेको छ । अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् कि न्यायालयले सम्भाव्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् । प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भइरहेको छ ठीक भइरहेको छैन ।’

राजनीति बिग्रँदा अराजकता फैलिने र न्यायालय बिग्रिदा जनतामा निराशा प्रकट हुने नेता बस्नेतले बताए । ‘सम्बन्धित सबै गम्भीर हुनु आवश्यक छ । जेहोस् अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद विघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्वीकार गरेको देखियो ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्