×

NMB BANK
NIC ASIA

बालुवाटार बैठक

अदालतले संविधान उल्लंघन गरेर आदेश गरेको बालुवाटारको निष्कर्ष

प्रधानमन्त्रीको प्रश्न- ५ जनाले मात्र देश कसरी संचालन गर्ने ?

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधानको प्रावधानलाई उल्लंघन गरेर कार्यपालिकामा हस्तक्षेप गर्दै अन्तरिम आदेश जारी गरेको दावी गरेका छन्।
 आज पदमुक्त भएका मन्त्रीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

Muktinath Bank

छलफलमा सहभागी भएका एक जना पद मुक्त मन्त्रीका अनुसार २५ जना सम्मको मन्त्रिपरिषद हुने भन्ने संवैधानिक प्रावधानका विपरीत अदालतबाट आदेश आएको ओलीले बताएका थिए।
‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा मैले कुनै पनि २४ जना व्यक्तिलाई ६ महिना सम्मको लागि मन्त्रिपरिषदमा नियुक्त गर्ने संवैधानिक अधिकारलाई अदालतले उल्लंघन गर्दै आदेश दिएको छ,’ प्रधानमन्त्री ओलीले भनेको कुरालाई उद्धृत गर्दै पदमुक्त भएका ती मन्त्रीले भने,‘अब ५ सदस्यीय मन्त्रीपरिषदबाट यो देश कसरी संचालन हुन्छ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयमा अदालतले गर्ने गरेको अन्तरिम आदेशको प्रवृति हेर्दा भोलिदेखि संवैधानिक इजलासमा सुनुवाई हुने प्रतिनिधि सभा विघटनको मुद्दामा समेत अदालतले के कस्तो फैसला गर्ला भन्ने विषयबारे समेत ओलीले चासो व्यक्त गरेका थिए।


Advertisment
Nabil box
Kumari

‘सर्वोच्च अदालतले गरेको फैसला तथा आदेशलाई हामीले मान्न नै पर्छ, तर अदालतले संविधानको प्रावधान भन्दा बाहिर व्याख्या गरेर आदेश दिने गरेकाले राजनीतिक संकट समेत बढ्दै जाने अवस्था बारे उहाँले चिन्ता तथा चासो व्यक्त गर्नु भएको थियो,’ ती पदमुक्त मन्त्रीले भने,‘अहिले सरकारबाट बाहिरिनु परे पनि एक अर्काको साथ कायम राखेर गठबन्धन कायम नै रहने बताउनु भएको थियो। ’

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x