×

NMB BANK
NIC ASIA

२० मन्त्री पदमुक्त

सर्वोच्चको आदेशले घर फर्केका मन्त्री : कर्मचारीसँग चिनापर्चीमै बित्यो १३ दिन, कोही क्वाटरमा सामान मिलाउँदै थिए

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जेठ २१ गते मन्त्रिपरिषद् विस्तार गर्दा ५ जना पहिलो पटक मन्त्री बनेका थिए । जनता समाजवादी पार्टीका विमल श्रीवास्तव,उमाशंकर अरगरिया,एकवाल मिया तथा राज्यमन्त्री चन्द्रकान्त चौधरी र रेणुका गुरुङ पहिलो पटक मन्त्री बनेका हुन् ।

Muktinath Bank

जेठ २७ गते शपथ गरेका नैनकला थापा,ज्वाला कुमारी शाह,नारद मुनी राना,गणेश पहाडी मोहन बानियाँ र आशाकुमारी बिक पहिलो पटक सरकारमा सहभागि भएका थिए । उनीहरु सहित गृह,सञ्चार तथा सूचना प्रविधि मन्त्री र स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा विघटनपछि थपिएका २० मध्ये ११ जना नयाँ अनुहार थिए । सिंहदरवार छिरेको दुई हप्तासम्म उनीहरु बधाई खाने र सरकारको काम कारवाही सिक्दै थिए । मंगलवार सर्वोच्च अदालतले नवनियुक्त मन्त्रीलाई पदमुक्त गरिदिएपछि कोही १९ दिन र कोही १३ दिनमा घर फर्के ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका कर्मचारी र मन्त्रालय मातहतका विभागका मान्छेहरूसँग चिनजान हुँदै थियो,हामीले भर्खर काम सिक्दै थियौं सर्वोच्चको आदेशले पदमुक्त भएका एक मन्त्रीले लोकान्तरसँग भने, ‘काम गर्दा गर्दै पदमुक्त भएको थाहा पायौं । ती मन्त्रीका अनुसार मन्त्री बनेकोमा बधाई खाने क्रम मंगलवार पनि चलेको थियो ।

Vianet communication
Laxmi Bank

मन्त्री बनेको केही दिनमै मन्त्रीहरुले नयाँ काम शुरु गर्न योजना बनाउँदै थिए । हामी मन्त्री बनेपछि मन्त्रिपरिषद्को दुईवटा मात्र बैठक भए,केही नयाँ काम गर्ने सोच बनाएको थिए,काम गर्न नपाउँदै बाहिरिनु पर्यो उनले भने । अर्का एक मन्त्रीले मन्त्रीले क्वाटरमा सामान मिलाउने काम पनि नसकिएको बताए ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा १३ दिनमै सिंहदरबारबाट बाहिरिएकी छिन् । पूर्वमाओवादी कोटामा रामबहादुर थापाकी पत्नी नैनकला थापाले जेठ २७ गते सञ्चार मन्त्रीको शपथ गरेकी थिइन् ।

नैनकलाको नियुक्तिलाई लिएर एमाले प्रवेश गरेका माओवादी नेताहरुका असन्तुष्टि पैदा गरेको थियो ।

कोरोनाविरुद्धको खोप आउँछ

पहिलो पटक कानून न्याय तथा संसदीय व्यबस्था मन्त्री बनेर छोटो समयमै सरकारबाट बाहिरिएका शेरबहादुर तामाङ जेठ २१ गते मन्त्रिपरिषद्मा समेटिएका थिए । कोरोना महामारीको समयमा प्रधानमन्त्री ओलीले तामाङलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएका थिए ।

कोरोना महामारी नियन्त्रण र नेपालीलाई खोप लगाउने कामलाई प्रभावकारी बनाउन तामाङले कोशिष गरिरहेका थिए । यसपटक पनि तामाङले लामो समय काम गर्न पाएनन् ।

सबै सरकारी अस्पतालको सबलीकरण,सर्वसाधारण नेपाली जनताले निशुल्क उपचार पाउनु पर्ने कुरा र कोरोनाविरुद्धको खोप जतिसक्दो छिटो ल्याउने काममा दत्तचित्त भएर लागेको थिएँ पदमुक्त भएका मन्त्री तामाङले मंगलवार राति लोकान्तरसँग भने, ‘मन्त्रालय नेतृत्वबिहीन भएका कारण खोप ल्याउन ढिला भएर कोही नेपालीको मृत्यु नहोस् भनेर कामना गरिरहेको छु ।

कोरोनाविरुद्धको खोपका लागि कुटनीतिक पहल गरिरहेको परराष्ट्र मन्त्रालय पनि नेतृत्वबिहीन बनेको छ । तामाङसँगै रघुवीर महासेठ परराष्ट्र मन्त्री बनेका थिए । सर्वोच्चको आदेशपछि उनीपनि पदमुक्त भएका छन् ।

खोपका लागि धेरै प्रयत्न गरिएको छ,हामी गएपनि नेपाली जनताले छिट्टै खोप पाउनु हुन्छ तामाङले भने ।

राजनीतिलाई अदालतले हस्तक्षेप गर्यो

सर्वोच्च अदालतको मंगलवारको आदेशले पदमुक्त भएका जसपा नेता लक्ष्मणलाल कर्णले राजनीतिलाई अदालतले हस्तक्षेप गर्नु गलत भएको बताए ।

अदालतले राजनीतिलाई हस्तक्षेप गर्नु हुदैन । ४ मन्त्री बाहेक सबै हटाउने भनेपछि देश ४वटा मन्त्रीले मात्र चल्दैन । त्यसमा पनि संविधानले २५ जनाको कल्पना गरेको छ कर्णले लोकान्तरसँग भने, ‘संविधानमा कतैपनि चुनावी या काम चलाउ सरकार भनेको छैन । नभनेको कारणले चुनाव गराउने अभिभारा हो,तर सरकार फुल फेलेज हो । कामचलाउ पनि भनेको छैन,संविधानमा पनि छैन ।

मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको अधिकार भएको भन्दै यसमा अदालतले हस्तक्षेप गर्न नमिल्ने उनले बताए । सर्वोच्चले यस्तो आदेश गर्छ भने देशमा राजनीतिक विकृति पैदा गर्छ । अदालतको फैसला सम्मान गर्ने हाम्रो धर्म हो,तर राजनीतिमा यसको परिणाम राम्रो देखिएको छैन । राजनीतिक अवस्थालाई बिगार्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x