×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि अन्तिम सुनुवाई, पक्ष–विपक्षका ४ सय कानून व्यबसायी

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा आज (आज)देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ।

Muktinath Bank

निवेदक शेर बहादुर देउवा रहेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवा सहित १ सय ४६ जना विघटित प्रतिनिधि सभाका सदस्यहरू निवेदक रहेको उक्त रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा सहितलाई विपक्षी बनाइएको छ।


Advertisment
Nabil box
Kumari

विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरी प्रधानमन्त्रीमा नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्ति गरी पाऊँ भन्दै रिट दिएका छन्।

Vianet communication
Laxmi Bank

 मुद्दामा पक्ष तथा विपक्षका गरेर ४ सय बढी कानून व्यवसायीहरूले वकालतनामा दिएका छन्। रिट निवेदकका तर्फबाट बहस गर्नका लागि ३ सय जना र विपक्षी बनाइएका पक्षबाट सरकारी र निजी कानून व्यवसायी समेत गरेर १ सय भन्दा बढी वकिलहरूले वकालतनामा दिएका छन्।

रिटको मस्यौदा समेत गरेका रिट निवेदक तर्फका कानून व्यवसायी गोविन्द बन्दीका अनुसार सोमवार साँझसम्म निवेदक पक्षको तर्फबाट २ सय ८५ जनाले वकालतनामा दिएका छन् ।

निवेदकको तर्फबाट बहसको सुरुवातका लागि कुल १२ घण्टा र पछि जबाफी बहसका लागि ३ घण्टा सहित कुल १५ घण्टा मात्र समय अदालतले तोकेको छ।

अधिवक्ता ठम्ब खाती र बन्दीले बहसको सुरुवात गर्ने एक किसिमको तयारी भएको बताइएको छ।

निवेदकको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ पनि बढीमा ३० देखि ३५ जनाले मात्र बहस गर्न समय पाउने बताउँछन्। 

वरिष्ठ अधिवक्ताहरू बद्री बहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा,महादेव यादव  तथा उनी आफैंले पनि अलि बढी समय लिएर विषय वस्तु प्रवेश गराउने रणनीति तय भएको उनले बताए। उनीहरुको बहस रोचक हुने ठानिएको छ । त्यस बाहेक केही युवा लयरलाई समेत समावेश गरेर लाने कुरा भएको श्रेष्ठले बताए।

एक दिनमा ४ घण्टा गरेर कुल तीन दिनमा पक्षले विषयवस्तु राख्नेछन्। त्यस पछि विपक्षीका तर्फबाट बहस हुनेछन्।

विपक्षी बनाइएका सरकार पक्षबाट बहस गर्नका लागि १ सय भन्दा बढी कानून व्यवसायीले वकालतनामा भरेका छन्। महान्यायाधिवक्ता कार्यालयका एक जना सरकारी वकिलका अनुसार ११ जना सरकारी वकिल र ८५ भन्दा बढी निजी कानून व्यवसायीले सरकारको तर्फबाट बहस गर्नका लागि वकालतनामा भरेका छन्।

हामीले बहस गर्नका लागि जम्मा १५ घण्टा पाएका छौं, उक्त अवधिभित्र जति कानून व्यवसायीले बहस गर्न सक्नुहुन्छ त्यतिले गर्नेछौं,’ ती सरकारी वकिलले भने।  यसअघि वरिष्ठ अधिवक्ता शुशील पन्त,सुरेन्द्र भण्डारी, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल लगायतले पनि बहस गरेका थिए। ती कानून व्यवसायीका साथ साथै अन्य वरिष्ठ अधिवक्ताहरूले पनि बहस गर्ने उनले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा वरिष्ठतम न्यायाधीशहरू दीपक कार्की,मीरा खड्का, ईश्वर खतिवडा र डा. आनन्द मोहन भट्टराई सहित ५ सदस्यीय संवैधानिक इजलास तोकिएको छ।   

अदालतका सहयोगी (एमिकस क्यूरी)का रुपमा नेपाल बार एसोसिएसनको तर्फबाट  वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक, सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश  घिमिरे र प्रकाश बहादुर केसीले आधा/आधा घण्टा गरेर कुल दुई घण्टाको समय बहसका लागि पाउनेछन्। पक्ष तथा विपक्षका कानून व्यवसायीले आ-आफ्नो पक्षमा बहस गर्ने हुनाले न्याय सम्पादनमा अदालतलाई सहयोग पुर्याउने उद्देश्यले कुनै पनि पक्ष वा विपक्षको तर्फबाट नभएर तटस्थ भएर बहस गर्नका लागि अदालतले एमिकस क्यूरी झिकाउने गर्छन्।

यस अघि पछिल्लो प्रतिनिधि सभा विघटनको मुद्दामा पनि संवैधानिक इजलासले ५ जनालाई एमिकस क्यूरीको रुपमा झिकाएको थियो।

गत जेठ २६ गते संवैधानिक इजलासले इजलासलाई व्यवस्थित गर्न समय तथा संख्या समेत निर्धारण गरेको थियो।

उक्त आदेश अनुसार रिट निवेदक तर्फका कानून व्यवसायीका लागि शुरू बहसका सन्दर्भमा १२ घण्टा (कार्यसमय) र प्रत्यर्थीहरूको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कूल ३ घण्टा समय गरी १५ घण्टा बहसका लागि समय निर्धारण गरिएको छ ।

कानून व्यवसायीको संख्या, बहस गर्ने बुँदा यकिन गरी समय सीमाभित्र कानून व्यवसायीहरूले आपसमा समय विभाजन गरी बहस व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
 
सरकारी वकिल र कानून व्यवसायीबीच सहमति काम हुन नसके अदालतले सीमा विभाजन गर्नेछ । अदालतले समय विभाजन गर्दा सरकारी वकिलका लागि कूल ७ घण्टा ३० मिनेट र प्रत्यर्थीका वकिलको लागि कूल ७ घण्टा ३० मिनेट समय प्रदान गरिने आदेशमा उल्लेख छ ।

रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्त्वको देखिएको र विवादित विषयवस्तुको प्रकृतिबाट चाँडै किनारा लगाउनुपर्ने हुँदा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ ।

अदालतको सहयोगीको लागि (एमिकस क्यूरी) को रूपमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतबाट २/२ जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराइदिन आदेश गरिएको छ । अदालतका सहयोगी लगायत निवेदक तथा विपक्षी तर्फका कानून व्यवसायीलाई सर्वोच्च अदालत इजलास सञ्चालन नियमावली २०७२ को नियम २१ को उपनियम ७ बमोजिम असार १० गतेभित्रमा लिखित बहस नोट पेश गर्न समेत आदेश गरिएको छ ।

बहसका लागि रिट निवेदक मध्येमा एक पटकमा इजलासमा बढीमा ५ जनासम्म, निवेदकका तर्फबाट कानून व्यवसायीहरू एक पटकमा बढीमा ३ जना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिने सरकारी वकिलमध्ये बढीमा १ पटकमा ३ जना मात्र बस्न पाउने आदेश गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x