×

NMB BANK
NIC ASIA

दशरथचन्द नगरपालिकाको बजेट ७२ करोड ६१ लाख

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको दशरथचन्द नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ७२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बसेको नगरसभाले रु ७२ करोड ६१ लाख २२ हजार ३८ बराबरको बजेट सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नगरसभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै  नगरउपप्रमुख मीना चन्दले आगामी आवमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाको हेल्थ डेस्कलाई व्यवस्थित बनाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई सहुलियत बीमा र थप सुविधा दिई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी नगरउपप्रमुख मातृशिशु सुरक्षा योजनालाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा क्षेत्रमा विद्यालय ‘मर्ज’ कार्यक्रमलाई प्राथमिकता दिने, स्थानीय पाठ्यक्रम तयार पार्ने, कम्तीमा एक वडालाई बालमैत्री वडा घोषणा गर्ने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा सबै नगरवासीका खानेपानीमा पहुँच पु¥याई सुरक्षित पानीयुक्त समुदाय घोषणा गर्ने व्यवस्था गरिएको छ । यसैगरी धार्मिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गरिने तथा लक्षित समुदायका लागि विभिन्न खालका कार्यक्रम सञ्चालन गरिने छ ।

Vianet communication
Laxmi Bank

भौतिक पूर्वाधारतर्फ नगर सडक यातायात गुरुयोजना तयार पार्ने, विद्युत् नपुगेका वडाहरु विद्युतीकरण गर्ने, कृषि क्षेत्रको प्रवद्र्धन गर्न कृषि उपकरण तथा औजार खरिदमा अनुदान दिइने, कृषि तथा पशुपकेट क्षेत्रमा महिला किसानको सहभागिता बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

जिल्लाका अन्य स्थानीय तह पनि आगामी आवको  नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारीमा जुटेका छन् । असार १० गतेभित्र नीति, कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यहाँका स्थानीय तहहरु हाल त्यसको तयारीमा जुटेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x