×

NMB BANK
NIC ASIA

खाद्यान्न बिक्री वितरणमा सरकारी छुट बन्द

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी स्वामित्वमा सञ्चालित २ संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् ।

Muktinath Bank

मंगलवारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधवारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्तालाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले गत वैशाख २० गतेदेखि देशभर रहेका ४८ वटा बिक्री काउन्टरबाट दिइएको छुट मंगलवारदेखि रोकिएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार कम्पनीले करीब डेढ महिनाको अवधिमा १ करोड ३८ लाख रुपैयाँभन्दा बढीको छुुट दिइएको छ । करीब ६ करोडभन्दा बढीको कारोबार हुँदा रकम छुट दिइएको छ । छुट अवधिमा १२ हजार ८८ क्विन्टल चामल बिक्री गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले समेत बुधवारदेखि छुट रोकिएको जनाएको छ । २ कम्पनीले छुट दिँदा उपभोक्ताको भीड बढेको भन्दै गत वैशाख २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्नमा छुट दिएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

साल्ट ट्रेनिङ कर्पाेरेसनले आफ्नो उत्पादनबाट ५ जनाको परिवारलाई १ महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुट दिएको थियो । कम्पनीले २ किलो पीठो, चिनी, नून, १ लिटर तेल र १ सिलिन्डर ग्यासमा छुट दिनेछ ।

छुटपछि अब पीठो ४४, चिनी ६३, नुन १६, तेल प्रतिलिटर १८८ र ग्यास प्रतिसिलिन्डर १ हजार १२० रुपैयाँमा बिक्री गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x