×

NMB BANK
NIC ASIA

सवारीसाधनको कारवाहीबाट २ महिनामा ९ लाख राजस्व संकलन

असार ९, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रसुवागढी नाकामा सामान ढुवानीका लागि अनुमति नपाएका सवारीसाधनको कारवाहीबाट २ महिनामा ९ लाख ३९ हजार ५०० राजस्व संकलन भएको छ । 

Muktinath Bank

गत वैशाख र जेठ महिनामा सामान ढुवानीका लागि अनुमति नपाएका कन्टेनर, ट्रक, टिप्पर, जीप तथा कार गरी ८६८ सवारीसाधनको कारवाहीबाट सो रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका समयमा अनुमति नपाएका सवारीसाधनको कारवाहीस्वरूप उठाएको राजस्व रसुवाकै इतिहासमै ठूलो भएको प्रहरीको दाबी छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य सरक्षा मापदण्ड पालना पूरा गरेका र सडक अनुमति प्राप्त गरेका सवारी साधनले मात्र चीनबाट आयात भएका माल सामग्री रसुवागढी नाकामा लिन जान पाउने व्यवस्था मिलाइएपनि प्रक्रिया पूरा नगरी मनोमानी ढंगले आपूmखुसी सवारीसाधन सञ्चालन गरेकाले त्यस्तालाई मात्र कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख इन्द्रबहादुर घिसिङले बताए ।

Vianet communication
Laxmi Bank

माल सामग्री ढुवानीका लागि रसुवागढी जाने सवारी साधनले यातायात व्यवस्था विभागको अनुमतिपत्र साथमा अनिवार्य ल्याउन समेत सम्बन्धित सवारी धनीलाई प्रहरीले आग्रह गरेको छ । मालबाहक सवारीसाधनमा चालक र सहचालक मात्र बस्न पाउने प्रावधान विपरित अन्य व्यक्ति समेत राख्ने गरेको पाइएकाले त्यस्ता सवारी साधनलाई समेत कारवाहीको दायरामा ल्याइएको बताइन्छ ।

भारी वर्षाका कारण रसुवागढीदेखि स्याउबारीसम्म अधिकांश समय अवरुद्ध भइरहने सडक मार्ग नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेनालगायत सुरक्षा निकायको जनशक्तिले सुचारू गराएर मालवाहक सवारीसाधन आवतजावतमा सहज पार्दै आएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । असार १ गतेदेखि १ हप्ताको अवधिमा भन्सार जाँचपास भएका ८० कन्टेनरलाई अवरूद्व सडक सञ्चालन गराई गन्तव्यतर्फ पठाइएको थियो ।

सो अवधिमा स्याउवारीदेखि रसुवागढीसम्म वर्षातले अवरूद्ध पारेको सडक २१ पटक खुल्ला गरिसकिएको जानकारी दिँदै प्रहरी प्रमुख पाण्डेले डिभिजन सडक कार्यालयले हाल त्यस क्षेत्रमा ३ वटा डोजर तैनात गरेका कारण पहिरो पन्छाउनमा सहजता आएको बताए ।

कोभिड–१९ नियन्त्रणका लागि स्थानीय प्रशासनले गत वैशाख २३ गतेबाट जारी गरेको निषेधाज्ञा पटक–पटक थपिँदै गएको र निषेधाज्ञाको अवधि असार १४ गतेसम्म कायम रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x