×

NMB BANK
NIC ASIA

नेप्से उच्च अंकले ओरालो, बजार पूँजीकरण समेत घट्यो

असार ९, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार पुनः उच्च अंकले ओरालो लागेको छ ।

Muktinath Bank

मंगलवार उच्च अंकले बढेको नेप्सेले बुधवार सोही लय पछ्याएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अंकले घटेर नेप्से २ हजार ८६२.१८ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३७ विन्दुले घटेर ५२८.९७ मा ओर्लेको छ ।


Advertisment
Nabil box
Kumari

नेप्सेको ओरालो यात्राको प्रभाव कारोवार रकममा समेत देखिएको छ । कूल २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ मा खरिद बिक्री भए ।

Vianet communication
Laxmi Bank

बुधवारको कारोबारपछि बजार पूँजीकरण पनि मंगलवारको तुलनामा खुम्चिएको छ । मंगलवार ४० खर्ब ४८ अर्ब २ करोड ४४ लाख रुपैयाँ बराबर पुगेको बजार पूँजीकरण बुधवार घटेर ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ४० हजारमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । त्यसमा बैंकिङ २८.५४, व्यापार ५५.५६, होटल तथा पर्यटन ६९.७७, विकास बैंक १६०.६६, जलविद्युत् ७१.४९, वित्त ६७.४४, निर्जीवन बीमा २८०.१२, उत्पादन १२१.१३, अन्य ४४.४३, लघुवित्त १००.३२, जीवन बीमा ३८७ ३८७.४२ , सामूहिक लगानी कोष ०.१४ र लगानी उपसमूह ०.३९ विन्दुले घटेको छ ।

कारोबारका आधारमा बुधवार पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५४ करोड २० लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भयो । नेपाल इन्स्योरेन्स कम्पनी ४२ करोड ४ लाख ४८ हजार ७३५, राधी विद्युत् कम्पनी ३८ करोड ४१ लाख ६८ हजार ५६५, नेसनल हाइड्रोपावर कम्पनी ३३ करोड ८९ लाख ५६ हजार २५९ र एचआईडीसीएल ३० करोड ३१ लाख ७६ हजार १६५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबारका आधारमा राधी विद्युत् कम्पनी ९.७१, ङादी ग्रसप अफ पावर ९.०९, छ्याङदी हाइड्रोपावर ६.५६, नेपाल इन्स्योरेन्स ६.१६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए । यस्ते, कालिका पावर कम्पनी ५.६०, नेपाल फाइनान्स ५.४८, मञ्जुश्री फाइनान्स ५.१४, नेपाल हाइड्रो डेभलपर ५.०८ र अरुण काबेली पावरका लगानीकर्ताले ५ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x