घट्यो सुनको मूल्य

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

​यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

यसअघि बुधवार यस्तो सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवार तेजाबी सुन प्रति तोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्