कोशी गाउँपालिकाको बजेट ४८ करोड

सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४८ करोडको बजेट, योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले आठौं गाउँसभामा बुधबार रु ४८ करोड २ लाख ७३ हजारको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।


Advertisement

विनियोजित रकममध्ये चालु खर्चतर्फ २५ करोड ५० लाख ७३ हजार र पुँजीगत खर्चतर्फ २२ करोड ५२ लाख निर्धारण गरिएको उनले जानकारी दिए ।

अध्यक्ष अन्सारीका आुसार ‘पर्याप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएकोे छ । ‘गाउँमा दिगो भौतिक पूर्वाधार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने लक्ष्यका साथ प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइपसहित ग्राभेल सडकमा स्तरोन्नती गरिने नीति लिएको बताउँदै उनले ‘एक वडा एक गौरव योजना’ कार्यक्रमअन्तर्गत प्रत्येक वडामा कम्तिमा ५ करोड लागतको एउटा योजना पहिचान गरी कार्यान्वयन गर्ने नीति लिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्