बिहीवार पनि रोकिएन शेयर बजारमा पहिरो, कारोबार रकम पनि घट्यो

साताको अन्तिम कारोबारको दिन बिहीवार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

बिहीवार नेप्से परिसूचक १६.९६ अंकले घट्दा शेयर बजार २८४३.०० विन्दुमा झरेको छ । 


Advertisement

यस दिन सेन्सेटिभ परिसूचकमा पनि गिरावट आएको छ । 

सूचक ३.१७ अंकले घट्दा बजार ५२५.६४ विन्दुमा झरेको छ । 

बिहीवार २ सय १९ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूले १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

यस दिन जलविद्युत समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

कारोबारको केही समयमा नै यस कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको थियो ।  कम्पनीको शेयर मूल्य ६७ रुपैयाँले बढ्दै ७४५ रुपैयाँ पुगेको छ ।

यस्तै छिमेकी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । 

बिहीवार कारोबारमा आएका उपसमूहमध्ये जलविद्युत र होटल तथा पर्यटनबाहेक अन्य सबैको सूचकमा गिरावट आएको छ । 

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर सबैभन्दा धेरै ३७ करोड ७६ लाख २२ हजार ४७० रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्