राष्ट्रपति भण्डारीको भूमिका सन्देहास्पद : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीको भूमिका सन्देहास्पद रहेको आरोप लगाएका छन् ।

बहुमत सांसदले हस्ताक्षर गरेपछि पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुले राष्ट्रपति भण्डारीको भूमिका शंकास्पद र सन्देहास्पद रहेको उनको आरोप थियो । 


Advertisement

‘कि मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुपर्‍यो, होइन भने बहुमत सांसदको हस्ताक्षरपछि पनि देउवाजीलाई प्रधानमन्त्री नबनाउनुपर्ने कुनै कारण छैन । राष्ट्रपतिको भूमिका शंकास्पद र सन्देहास्पद छ,’ विपक्षी गठबन्धनले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यादवले भने । 

यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २/२ पटक विघटन गरेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए । संविधान र लोकतन्त्रलाई समाप्त पारेर स्वेच्छाचारी शासन शुरू गरेकाले आफूहरू आन्दोलनमा उत्रिएको यादवले दाबी गरे । 

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको प्रतिनिधिसभा विघटन फरक खालको भएको र विघटनको पछाडि विदेशी शक्तिको हात रहेको उनले दाबी गरे । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्