राष्ट्रपतिबाट न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Advertisement

विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा खनियापानी–९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी (प्र.प.नं. १००) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नुभएको छ ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्