एनआईसी एशिया बैंकको जिंगल प्रयोग गरेर टिकटक भिडियो बनाउँदा आकर्षक उपहारहरू जित्ने यस्तो छ मौका

एन आई सी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ ।

२०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ । 


Advertisement

यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सकिने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था गर्ने बैंकले जनाएको छ ।

‘टिकटक भिडियो च्यालेन्ज’ मा सहभागी हुनको लागि सहभागीले बैंकको आधिकारिक टिकटक पेज फलो गर्नुपर्नेछ । सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई ट्याग एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा सेयर गर्नुपर्नेछ ।

अपलोड भएका ६ वटा थिमका भिडियोहरू मध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुनेछन् । विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ । यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्