'लोकतन्त्र र अग्रगमनको जामाभित्र प्रचण्ड र माधव नेपालहरू मुलुकको राजनीतिलाई पञ्चायततिर फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ'

फाइल तस्वीर

राष्टिय सभाका  नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले माधवकुमार नेपाल, पुष्पकमल दाहाल 'प्रचण्ड' तथा अन्य विपक्षी दलका नेताहरूले मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउने दुष्कर्म गरिरहेको टिप्पणी गरेका छन् । 

शुक्रवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको समेत बताएका छन् । 


Advertisement

उनले भनेका छन्,'विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठवन्धनको नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले
पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होशियार बनौँ  ।'

उनले बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने समेत बताएका छन् । 

उनले भनेका छन्,'संविधानको धारा ७६ (५)  सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।'
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्