×

NMB BANK
NIC ASIA

केन्द्रको सर्कुलरसँगै जिल्लामा बढ्यो कांग्रेस महाधिवेशनको चहलपहल

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल शुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको कांग्रेसले कञ्चनपुरमा पनि चुनावी माहोल बनाउँदैछ । 

Muktinath Bank

यहाँ प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय तहमा नराम्ररी पराजय व्यहोरेको कांग्रेस कञ्चनपुरले केन्द्रसँगै जिल्लामा पनि सबल नेतृत्व चयन गर्ने कार्यकर्ता र नेताहरुको भनाई छ । कांग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताए । “ माथिबाट निर्वाचन तालिका समेत आएर सोही अनुसार काम अगाडी बढाउन भनिएको छ”, उनले भने,“ अब कुनै पनि हालतमा अधिवेशन रोकिँदैन ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ जिल्ला नेतृत्व तहका कांग्रेस नेताहरु तालिकसहित सामाजिक सञ्जालमा पनि चुनावी चहलपहल अघि बढाइरहेका छन् । कोरोना कहरका कारण पनि एक आपसमा भेट्नु भन्दा सामाजिक सञ्जालजस्ता सूचना प्रविधिको प्रयोगको प्रचलन यसपटक बढ्ने देखिएको छ । नयाँ पुस्ता प्रचारको लागि प्रविधिमा बढी व्यस्त छन् । कांग्रेस कञ्चनपुरका युवा नेता आशेफ कुवँर (भुन्टु) ले जिल्लामा युवा पुस्ता पनि नेतृत्वदायी भूमिकामा आउन तत्पर रहेको बताए । “पार्टीभित्र काम गर्ने शैली पनि समयक्रम अनुसार सुधार गर्दै लैजानु आवश्यक छ”, उनले भने, “ पुरानो ढर्राबाट पार्टी चल्दैन ।” उनले पार्टीमा महिला, दलित, जनजाति र सबै वर्गको प्रतिनिधित्व हुने गरी कमिटी बनाउनुपर्नेमा जोड दिए।


Advertisment
Nabil box
Kumari

पाँच हजार पाँच सय क्रियाशिल सदस्य रहेको कञ्चनपुर कांग्रेसले पाँच हजार एक सय क्रियाशिल नयाँ सदस्यता थप गरेको छ ।
पार्टीभित्रका दुई प्रभावशाली नेता रमेश लेखक र नारायणप्रकाश साउँदको गृहजिल्ला कञ्चनपुरमा समूहगत राजनीति समेत हुने गरेको छ । “एउटै जिल्लामा गुटगत राजनीति हुँदा अन्य पार्टीले त्यसको भरपुर फाइदा लिन्छन्”, कुवँरले भने, “ कांग्रेसको शीर्षतह देखिनै सुमधुर सम्वन्ध स्थापित गरेर कांग्रेसलाई चलायमान बनाउनुपर्छ ।”

Vianet communication
Laxmi Bank

त्यसैगरी जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले निर्वाचन गर्न कार्यतालिका बनेको जानकारी दिए । उनले कोभिड–१९ का कारण निर्वाचनलाई असर गर्न सक्ने तर निर्वाचन गर्ने पक्षमा पार्टी नेतृत्व रहेको बताए । पछिल्लो पटक केन्द्रीय समितिसँगै नेतृत्व तहले महाधिवेशनको सुनिश्चितता सहितको निर्णय गरेपछि जिल्ला जिल्लामा पार्टीको चुनावी चहलपहल बढ्न थालेको हो । शेरबहादुर सिंह,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x