अफगानिस्तानमा भूकम्प

अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो । 


Advertisement

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्