×

NMB BANK
NIC ASIA

रसुवाका स्थानीय तहका नीति तथा कार्यक्रम — पर्यटन, शिक्षा र स्वास्थ्यमा जोड

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रसुवामा आगामी आर्थिक वर्षमा  स्थानीय तहहरूले गाउँ क्षेत्रमा सञ्चालन गर्ने विकास निर्माणको नीति तथा कार्यक्रम  पारित गर्ने काम सकिएको छ ।

Muktinath Bank

रसुवाका पाँच वटै गाउँपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवा तथा विकासका कार्य स्वच्छ , पारदर्शी  एवं  सेवाग्राही मैत्री बनाउदै  समुन्नत रसुवा निर्माणमा अगाडि बढ्ने लक्ष्यसाथ जिल्ला भर एकैदिन गाउँ सभा बैठक मार्फत नीति तथा कार्यक्रम पारित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी वर्षमा जिल्ला भित्र सञ्चालन गरिने नीति तथा कार्यक्रम असार १० गते भित्र पारित गरिसक्नु पर्ने कानूनी प्रावधान अनुरूप  गाउँ सभा सम्पन्न भएको छ । पाँचवटै गाउँपालिकाले  कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिदै आ —आफ्ना क्षेत्रको आवश्यकता परिपुर्ति गर्ने र दिर्घकालिन कार्यक्रम सञ्चालन गराउने नीति लिएका छन् ।


Advertisment
Nabil box
Kumari

बढ्दो कोरोना रोग नियन्त्रण गराउने कार्यमा जनचेतना  जगाउने र उपचार व्यवस्थापनलाई प्रभावकारी तुल्याउने सवै गाउँपालिकाले प्रण गरेका छन् ।  स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, रोजगार र पर्यटन प्रर्वद्वन जस्ता कार्यलाई गाउँपालिकाहरूले पहिलो प्राथमिकतामा राखेको जिल्ला समन्वय समितिले जनाएको छ ।

Vianet communication
Laxmi Bank

 आ आफ्ना गाउँपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक , सम्पदालाई संरक्षण गरी पर्यटन प्रर्वद्वन गराउने नीति कार्यक्रममा उल्लेख भएको छ ।  गाउँ सभाको नीतिले   नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानीएको लाङ्टाङ , पवित्र तीर्थ गोसाइँकुण्ड , उत्तरगयाधाम बेत्रावती एवं तामाङ् सम्पदा मार्ग, घलेगढी  ऐतिहासिक धरोहर मानिएका क्षेत्रको पूर्वाधार  विकासमा सुधार आई   पर्यटन प्रर्वद्वनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। 

आगामी आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरिने चालू एवं पुँजिगत खर्चका लागि पाँच वटा गाउँपालिकाले कुल एक अर्ब ६६ करोड बराबरको बजेट विनियोजन गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा ३१ करोड, कालिका गापामा ३३ करोड , नौकुण्ड गापामा ३६ करोड, आमाछोदिङ्मोमा ३२ करोड र उत्तरगयामा ३४ करोड वजेट विनियोजन भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्।

 गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार आफ्नो आधार इलाका क्षेत्रमा रहेका विद्यालयहरूबाट भविष्यका कर्णाधार बालबालिकाहरूलाई विद्यालय तहदेखिनै जीवन उपयोगी, व्यावसायिक  र प्राविधिक  शिक्षालाई जोड दिने नीति समेत  तय गरिएको छ । यस्तै, शिक्षाको गुणस्तर सुधारका लागि विकट मानीएको उत्तरगया गाउँपालिका अन्तरगत वडा नं १ तिरू तथा करूम्राङ क्षेत्रका विद्यालयहरूमा अध्यापन गराउने शिक्षकलाई प्रोत्साहन स्वरूप  गाउँसभाले दुर्गम भत्ता दिने नीति तय गरेको उपाध्यक्ष चमेली गुरूङले बताए ।

  नौकुण्ड गाउँपालिकाले भने वैदेशिक रोजगारबाट घर फर्केका र कामको खोजीमा जिल्ला बाहिर गएका नागरिकलाई फर्काइ स्थानीय स्तरमै रोजगारीको अवसर दिलाउने नीति लिएको उपाध्यक्ष सृजना लामाले जानकारी दिए। ज्ञानेन्द्र न्यौपाने,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x