ओलीको टिप्पणी– विदेशी हस्तक्षेपको खुलेआम आमन्त्रण गर्ने दुई पूर्वप्रधानमन्त्रीले देशभक्त हुँ भनेर हिँडिरहेका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गरेको आराेप लगाएका छन् ।

प्रचण्ड र भट्टराईको नामै नलिइ ओलीले मौसम अनुसारको कुरा गर्ने गरेको आरोप लगाए । 


Advertisement

‘मौसम अनुसारको कुरा र चर्चा मान्छेहरुले गर्ने गर्छन, अस्ति एकजना पूर्वप्रधानमन्त्रीले विदेशी संवाद कार्यक्रममा भाग लिएको देखेँ । तपाईहरु माइक्रो म्यानेजमेन्टमा हात नहाल्नुस् उहाँको भनाइ थियो । तैपनि देशभक्त हु भनेर हिँडिरहेको देख्छु । पोलिसी मेन्टेनमा हात हाल्नुस् भनेर पूर्व प्रधानमन्त्रीले भन्छन्,’ परराष्ट्र मामिला अध्यन प्रतिष्ठानले शुक्रवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘अर्को प्रधानमन्त्री भन्छन् के हेरेको होलान यत्सो हुदा पनि ? अचम्मै लाग्छ भन्नुभयो । फेरि उहाँहरु फलानाको देशभक्ति भनेको नक्कली र अडम्बरी भन्दै हिँड्नु हुन्छ ।’

ओलीले जसपालाई सरकारमा ल्याउन आफूले कुनै अनुचित सम्झौता नगरेको बताए । ‘उहाँहरुले महन्थलाई प्रधानमन्त्री बन्नुस् भन्दा ठीक हुन्छ, म तपाईंको पोलिसीको पछाडि जान्छु भनेको पनि छैन, लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ, त्यसकाविरुद्ध साथ लिएको मात्र हो कुनै सम्झौता गरेको छैन’ ओलीले भने, ‘महन्थलाई प्रधानमन्त्री बन्नुस् भनेर डवलीमा बुद्धिजीवीलाई साक्षी राखेर भनेको होइन ?’

सरकारमा महन्थ ठाकुरहरुको सहभागितालाई प्रचण्डले अवसरवादी गठबन्धनको संज्ञा दिएका थिए । उनीहरुलाई सरकारमा सहभागी गराउन अनुचित सम्झौता गरिएको आरोप लगाएका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्