मन्त्री नेम्वाङले गरे ४ मन्त्रालयको पदभार ग्रहण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुक्रवार थप ४ मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

मन्त्री नेम्वाङले शुक्रवार सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।


Advertisement

ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगाउन सरकार लागिरहेको बताए । 

नेम्वाङले विक्रम संवत् २०७६ मंसिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यसबीचमा उनले झण्डै ७ महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।

कमेन्ट गर्नुहोस्