निवर्तमान वनमन्त्री आलेले गरे ५० हजार उपचार सहयोग

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

कोराना संक्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराइरहेका जोशीको थप उपचारका लागि उनले सहयोग रकम प्रदान गरेका उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । 


Advertisement

आले शुक्रवार अस्पतालमा पुगेर जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गरे । कोरोना संक्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि धनगढीबाट हेलिकप्टरमा ललितपुर लगिएको थियो ।

जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्