नमोबुद्धको बजेट ६५ करोड ५९ लाख

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६५ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । 

नगरपालिकाको दशौं नगर सभामा नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरिएको बताए ।


Advertisement

बजेटमा चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५३० खर्च प्रस्ताव गरिएको छ ।

नगरपालिकाले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने र ‘छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा’ तथा ‘पर्यटन उद्यमीको हात, नमोबुद्धको साथ’ नीति तय गरेको छ ।

त्यससँगै ‘किसानका गरा सधैँ हराभरा, मेरो कृषि मेरो पौरख’ नारालाई अगाडि सार्दै आगामी आर्थिक वर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको नगर प्रमुख तिमिल्सनाले बताए ।

नगरले कृषिसँगै ‘पर्यटन उद्यमीको हात, नमोबुद्धको साथ’ नारालाई समेत अगाडि सारेको छ ।

कमेन्ट गर्नुहोस्