अन्तरिम आदेश खारेज गराउन अध्यक्ष ओलीले दिएको पुनरावलोकन निवेदन पेशी चढ्यो

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका ४ सांसदमाथि गरिएको कारवाही कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा दिएको पुनरावलोकन निवेदन बुधवार पेशी चढेको छ ।


Advertisement

एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेपछि एमालेले गरेको कारवाहीलाई सर्वाेच्चले अन्तरिम आदेशबाट निष्क्रिय पारेको थियो ।


Advertisement

एमाले महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही मान्य नहुने ठहर गर्दै सर्वाेच्चले कारवाही निष्क्रिय पारेपछि अध्यक्ष ओलीले त्यसविरुद्ध पुनरावलोकन निवेदन दिएका थिए । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पुनरावलोकन पेशी चढेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्