कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले बताए । उनले भने,‘ शरीरलाई पूर्ण रुपमा स्वास्थ्य मान्नको लागि हाम्रो शरीर, दिमाग र मन पनि स्वास्थ्य हुनुपर्छ । हामीले हाम्रो मन, शरीर र दिमागलाई स्वास्थ्य राख्न सक्यौ भने मात्रै हामी स्वास्थ्य व्यक्ति हुन्छौं ।’
स्वास्थ्य रहनको लागि के गर्ने ?
धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने
धुमपान र सुर्तीजन्य पदार्थको सेवनले मानिसहरुमा क्यान्सर,दम लगायतका गम्भीर र दिर्घकालिन रोगहरु लाग्न सक्छ । त्यसलै स्वास्थ्य रहनको लागि धुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनु पर्छ ।
स्वास्थ्यकर खानपान
खान नजानेकै कारण पनि विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । स्वास्थ्य रहनको लागि हामीले हरेक दिन खाने खाना पनि स्वास्थ्य हुनुपर्छ । आफ्नौ शरीरलाई चाहिने पौष्टिक आहार नियमित रुपमा खानाले धेरै रोग लाग्नबाट बचाउँछ । खानामा नियमित रुपमा हरियो सागसब्जी सहितको खानाले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।
पर्याप्त पानी पिउने
स्वास्थ्य रहनको लागि शरीरमा पानीको मात्रा मिलाउनु जरुरी छ । स्वास्थ्य रहने चाहनामा शरीरले फिल्टर गर्न सक्ने भन्दा बढी पानी पिउँदा भने शरीरलाई असर पु¥याउन सक्छ । डा. रेग्मीका अनुसार शरीरले एक घण्टामा एक लिटर पानी मात्रै फिल्टर गर्न सक्छ । धेरै पानी एकैपटक पिउदा र कम पानी पिउँदा पनि शरीरलाई नकारात्मक असर पर्छ ।
नियमित व्यायाम तथा योगा
शरीर दिमाग र मनलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायाम तथा योगा गर्नु उपयुक्त हुन्छ । नियमित शारीरक व्यायाम र योगा गर्ने बानीले शरीरलाई स्वास्थ बनाउनुका साथै मन र दिमागलाई पनि तनावबाट मुक्त गराउँछ । योगाले मुटु रोग र तनावलाई घटाउँछ ।
मोटोपना,रक्तचाप तथा सुगर नियन्त्रण
रक्तचाप, सुगर र मोटोपनाले शरीर र दिमाग दुबैलाई असर गर्छ । मोटोपनाले रक्तचाप र सुगरलाई पनि बढाउँछ । स्वास्थ्यकर खानपान र नियमित व्यायाम तथा योगाले मोटोपना खटाउँन सहयोग गर्छ ।
इमोसन कन्ट्रोल गर्ने
शारीरिक रुपमा स्वास्थ्य रहेपनि मानसिक रुपमा तनाव र चिन्ता लिने मानिसलाई स्वास्थ्य व्यक्ति भन्न सकिदैन । धेरै दुःखी हुने र चिन्नता लिइरहने बानीले मानिसलाई मानसिक रुपमा कमजोर बनाउँछ । जसले उसको जीवनयापना समस्या ल्याउँछ । त्यसैले स्वास्थ्य रहनको लागि इमोसन कन्ट्रोल गनुपर्छ ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...