×

NMB BANK
NIC ASIA

मुलुकमा हाल ५ सचिवको पद रिक्त छ ।

Muktinath Bank

यही असार महिनासम्ममा रिक्त भएका १० पदमा ५ वटा पदपूर्ति भएको र ५ वटा बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशासन सेवा अन्तर्गत ५ र इञ्जिनीयरिङ सेवाअन्तर्गत ५ गरी कुल १० वटा पद रिक्त भएको थियो । त्यसमध्ये प्रशासनतर्फ दामोदर रेग्मी, गणेश पाण्डे र कृष्णहरि पुस्कर सचिवमा बढुवा भएका छन् ।


Advertisment
Nabil box
Kumari

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार बढुवा भएका उक्त तीनजना सचिवमध्ये दुई जनाको पदस्थापना भइसकेको छ भने एक जनाको पदस्थापन हुन बाँकी छ ।

Vianet communication
Laxmi Bank

गणेश पाण्डेलाई कर्णाली प्रदेशको प्रमुख सचिवको रुपमा र  दामोदर रेग्मीलाई गण्डकी प्रदेशको प्रमुख सचिवको रूपमा पदस्थापना भएकोमा उनीहरू दुवै जना त्यहाँ हाजिर समेत भइसकेका छन्। तर, सचिवमा बढुवा भएका कृष्णहरि पुष्करको भने अहिलेसम्म पदस्थापन भएको छैन।

त्यसैगरी इन्जिनियरिङतर्फका कृष्ण आचार्यलाई कृषि मन्त्रालयमा र प्रमिला देवी शाक्य बज्राचार्यलाई खानेपानी मन्त्रालयमा पदस्थापना गरिएको छ ।

प्रशासनतर्फ २ जना र इन्जिनियरिङतर्फ २ जना गरी कुल पाँच जनाको बढुवा हुन बाँकी छ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने बढुवा समितिको सिफारिशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि मन्त्रालयमा प्रस्ताव लैजाने गर्छ ।

त्यसपछि मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय पारित भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापन गर्ने गर्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार रिक्त रहेका पाँच पदको सिफारिशका लागि प्रत्येक दिन सिफारिश समितिको बैठक बसिरहेको छ।

'एउटा पदमा सिफारिश गर्नका लागि कम्तिमा दुईवटा बैठक बस्नुपर्ने हुन्छ,' अधिकारीले लोकान्तरसँग भने, 'ती बाँकी पाँचवटा पदमा पनि आज भोलि गरेर क्रमशः सिफारिस भई मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिनेछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x