चलचित्रमा सोनु सूदलाई हिरोले पिटे, बालकले टीभी फोडे

सोनु सूद केवल चलचित्रमा मात्रै होइन वास्तविक जिन्दगीमा पनि हिरो हुन् । कोरोना भाइरस महामारीका बेला उनले समस्यामा परेका मानिसहरूलाई सहयोग गरे । 


Advertisement

जसकारण सोनुको चौतर्फी प्रशंसा भइरहेको छ । फ्यान फलोइङ पनि बढ्दै गएको छ । 


Advertisement

यसैबीच सोनुका फ्यानको एउटा किस्सा तेलंगानाको संगारेड्डीमा देख्न पाइयो, जहाँ एक बालकले चलचित्रमा सोनुले पिटाइ खाएको देखेर टिभी नै फोडिदिएका छन् । 

सोनु दक्षिण भारतीय सिनेमा र बलिउडका धेरै चलचित्रमा खलनायकको भूमिका निभाइसकेका छन् । 


Advertisement

हरिशयज नामको ट्वीटर ह्याण्डलले एबीएन न्यूज च्यानलको एउटा भिडियो क्लिप शेयर गरेको छ । त्यो क्लिपमा एंकरले सात वर्षका विराटले सोनुलाई पिटाई खाएको देखेर टीभी फुटाएको बताएकी छन् । 

भिडियोको साथमा ट्विटमा लेखिएको छ, ‘संगारेड्डीको एक सात वर्षीय बालक विराटले सोनु सूदप्रति गरेको प्रेमका कारण आफ्नो घरमा रहेको टेलिभिजन सेट फोडिदिएका छन्। उनी यस्ता चलचित्र देखेर रिसाएका थिए, जसमा सोनु सूद हिरोबाट पिटाइ खाइरहेका थिए । जसले लाखौं मानिसहरूको ज्यान बचाए, ऊ नै पिटाइ खाइरहेको थियो भन्दै उसले टीभी सेट टुक्राटुक्रा गरिदिए ।’ 

यही ट्विटमा सोनुले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ट्विटमा लेखेका छन्, ‘अरे, आफ्नो टीभी नतोड, अब उसको बुबाले एउटा नयाँ किन्नका लागि भन्ने छन्।’

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्