×

NMB BANK
NIC ASIA

भ्रष्टाचार मुद्दा

गच्छदारका वकिलहरूको जिकिर– वदनियतपूर्ण भूमिका खेल्नुभएको छैन, थुनामा राख्न मिल्दैन

असार ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदारका वकिलहरूले गच्छदारले ललिता निवास प्रकरणमा कुनै वदनियतपूर्ण भूमिका नखेलेको जिकिर गरेका छन् ।

Muktinath Bank

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बुधवार भएको थुनछेक बहसमा वकिलहरूले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजना मन्त्री विजयकुमार गच्छदारले कुनै वदनियतपूर्ण भूमिका खेल्नुभएको छैन । उहाँले मन्त्रिपरिषदमा प्रस्ताव मात्र लैजानुभएको हो,' गच्छदारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने, 'उहाँ (गच्छदार)ले भ्रष्टाचारजन्य कसूर गर्नुभएको छैन, त्यसैले थुनामा राख्न मिल्दैन ।'


Advertisment
Nabil box
Kumari

गच्छदारलाई धरौटी समेत नलिई रिहा गर्नुपर्ने उनका वकिलहरूको जिकिर थियो ।

Vianet communication
Laxmi Bank

थुनछेकमा गच्छदारकातर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव र कृष्ण सापकोटा तथा अधिवक्ताहरू ललित बस्नेत र मधुरकृष्ण पाठकले बहस गरेका थिए ।

बहसअघि गच्छदारसँग अदालतमा ११ बजेबाट २ बजेसम्म ३ घण्टा बयान लिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो ।

अदालतले उनको ठेगाना नभेटेको भन्दै म्याद तामेल समेत गर्न सकेको थिएन ।

बुधवार गच्छदार आफैं अदालतमा पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

अख्तियारले मुद्दा दायर गरेपछि गच्छदारको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x