×

NMB BANK
NIC ASIA

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विशेष अदालतमा बुधवार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको गच्छदारका तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बुधवार भएको थुनछेक बहसमा वकिलहरूले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

'ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजना मन्त्री विजयकुमार गच्छदारले कुनै वदनियतपूर्ण भूमिका खेल्नुभएको छैन । उहाँले मन्त्रिपरिषदमा प्रस्ताव मात्र लैजानुभएको हो,' गच्छदारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले भनेका थिए, 'उहाँ (गच्छदार)ले भ्रष्टाचारजन्य कसूर गर्नुभएको छैन, त्यसैले थुनामा राख्न मिल्दैन ।'

Vianet communication
Laxmi Bank

गच्छदारलाई धरौटी समेत नलिई रिहा गर्नुपर्ने उनका वकिलहरूको जिकिर थियो ।

थुनछेकमा गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव र कृष्ण सापकोटा तथा अधिवक्ताहरू ललित बस्नेत र मधुरकृष्ण पाठकले बहस गरेका थिए ।

बहसअघि गच्छदारसँग अदालतमा ११ बजेबाट २ बजेसम्म ३ घण्टा बयान लिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो ।

अदालतले उनको ठेगाना नभेटेको भन्दै म्याद तामेल समेत गर्न सकेको थिएन ।

बुधवार गच्छदार आफैं अदालतमा पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

अख्तियारले मुद्दा दायर गरेपछि गच्छदारको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको थियो ।

धरौटीमा रिहा भएपनि उनको सांसद पद भने निलम्बनमै रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x