कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
साउन ३, २०७८
विशेष अदालतमा जब ठूल्ठूला मुद्दामा थुनछेक बहस चल्छ, तब कर्मचारीहरूमा एक किसिमको तनाव शुरू हुन्छ- कतै धरौटीको ठूलो रकम नगदमा बुझ्नुपर्ने त होइन ?
खास तनाव पैसा बुझ्नलाई होइन, पैसा गन्ने कुरामा हुँदो रहेछ । एक करोड रूपैयाँ नगद धरौटी बुझ्नुपर्यो भने ५/६ जना खटिँदा पनि पैसा गन्न ४/५ घण्टा लाग्ने कर्मचारीहरूले बताए ।
बुधवार कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको मुद्दामा थुनछेक बहस चलिरहँदा विशेष अदालतको आर्थिक प्रशासन फाँटका कर्मचारीहरूमा तनाव प्रस्टै देख्न सकिन्थ्यो ।
गच्छदारमाथि ललिता निवास प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो कायम गरिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
गच्छदार धरौटीमा छुट्न सक्ने लख कर्मचारीहरूलाई पनि थियो । सोही कारण कतै धेरै पैसा नगदमा बुझ्नुपर्ने त होइन भन्ने चिन्ता कर्मचारीहरूमा थियो ।
तर अदालतले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्यो । उनले नगदमै धरौटी रकम बुझाए । सानो रकम भएकाले कर्मचारीहरूलाई पनि सहजै भयो ।
***
विशेष अदालतका लेखापाल माधव रिजालले ठूलो रकम बुझ्नुपर्दा पैसा गन्न समय लाग्ने गरेको सुनाए ।
'हुन त पैसा गन्नका लागि मशिन छ तर मशिनमा गन्दा पनि समय लाग्छ,' उनले थपे, 'मशिनमा मात्रै भरपर्ने कुरा नहुँदा हातले नै गन्नुपर्छ ।'
हजारको नोटको बिटोमा ५ सय समेत मिसाइएको हुन्छ, त्यस्तो अवस्थामा गन्न समस्या हुने गरेको उनले सुनाए ।
'पैसामा धुलो लागेको हुन्छ । पैसा टाँसिएको हुन्छ । च्यातिएको हुन्छ । यी सबै कारणले पनि गन्न समय लाग्ने र अबेर रातिसम्म कार्यालयमा बस्नुपर्ने हुन्छ,' उनले थपे ।
लेखा शाखामा रहेका ६ जना कर्मचारी बसेर १ करोड रुपैयाँ गन्न करीब ४ घण्टा लाग्ने गरेको रिजालले बताए ।
त्यसैले बढी रकम नगद जम्मा गर्न आउँदा विशेष अदालतका आर्थिक प्रशासन फाँटका कर्मचारीहरू तनावमा पर्ने गरेका छन् ।
हुन त १ करोड जति वा सोभन्दा बढी रकम नगद दाखिला गराउनेको संख्या धेरै न्यून हुन्छ ।
धेरैजसोले बैंक ग्यारेन्टी नै दिने गरेका हुन्छन्।
***
२०५९ सालमा विशेष अदालत स्थापना भएयता विभिन्न मुद्दाका कुल ८ हजार १ सय १७ जना प्रतिवादीले ५२ करोड ६७ लाख ६ हजार रुपैयाँ धरौटी जम्मा गरेका छन् ।
न्युनतम १ हजार रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्म नगद धरौटी जम्मा गरिएको छ । त्यसभन्दा बढी धरौटी तिर्नुपर्नेले भने कि त बैंक ग्यारेन्टी कि भौतिक सम्पत्ति राख्ने गरेका छन् ।
लेखापाल रिजालका अनुसार १ करोडभन्दा बढी रकम अहिलेसम्म २ जना प्रतिवादीले मात्र नगदमा जम्मा गरेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले दर्ता गराएको मुद्दाका प्रतिवादी चन्द्रशेखरप्रसाद समेतले २०७८ असार २९ गते १ करोड ९ लाख ७८ हजार रुपैयाँ नगद धरौटी विशेष अदालतमा जम्मा गरेका थिए ।
त्यसैगरी चिनियाँ नागरिक हु जेंग क्वेंगले २०७१ साउन १ गते २ करोड रुपैयाँ नगद धरौटीबापत जम्मा गरेका छन्।
धेरैजसोले नगद जम्मा गर्नुभन्दा पनि बैंक ग्यारेन्टी दिएका हुन्छन् ।
बैंक ग्यारेन्टीमा सबैभन्दा बढी रकम कुन प्रतिवादीबाट लिइएको हो त्यसको विवरण हेर्न अहिलेसम्मका सबै मिसिलहरू नै पल्टाउनुपर्ने विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले बताए ।
तर पछिल्लो समयमा सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार मुद्दाका प्रतिवादी विक्रम पाण्डेसँग ४ करोड रुपैयाँ धरौटी माग भएकोमा उनले नगद नबुझाएर बैंक ग्यारेन्टी उपलब्ध गराएका थिए ।
ललिता निवास प्रकरणका प्रतिवादी मीनबहादुर गुरुङले पनि २ करोड रुपैयाँ बराबरको जेथा नै धरौटीबापत राखेका छन्।
बैंक ग्यारेन्टीमार्फत कति जनाले कति रकम धरौटी जम्मा गरेका छन्, त्यसको पनि हिसाब अहिले निकाल्न नसकिने उनले बताए।
***
विशेष अदालतबाट फैसला भएर यो आर्थिक वर्षमा २३ लाख ४७ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको लेखापाल रिजालले बताए ।
कतिपय अवस्थामा यति रकम धरौटी लाग्न सक्छ भनेर प्रतिवादीले थुनछेक बहसका क्रममा रकम नगद नै ल्याएर तयारी अवस्थामा बसेका हुन्छन् ।
'त्यस्तो मुद्दामा एक त साँझ ५ देखि ६ बजे सम्म आदेश नै आउँछ, त्यसपछि धरौटीको रकम व्यवस्थापन गर्नेदेखि गनेर दाखिला गर्दासम्म रातिको १० समेत बज्ने गर्छ,' रिजालले भने ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पठाएको मुद्दाका प्रतिवादीलाई धरौटी रकम बुझाउन धेरै समस्या हुने गरेको उनले बताए।
'ती प्रतिवादीहरूको सबै सम्पत्ति रोक्का हुनुका साथै बैंकको खाता समेत रोक्का गराइएको हुन्छ,' उनले भने, 'त्यस्तो अवस्थामा रकमको बन्दोबस्त गर्न उनीहरूलाई समय बढी लाग्ने गर्छ।'
आदेश भएको दिनमा नगद जम्मा गर्न नसक्दा कतिपय अवस्थामा प्रतिवादीहरू थुनामा जानुपर्ने अवस्था आउने गरेको उनले बताए ।
केही दिनपछि रकम व्यवस्थापन गरेर उनीहरू थुनामुक्त हुने गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...