बैशाख १२, २०७९
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो सरकारको पहिलो प्राथमिकता रहने भनी संसद्लाई जानकारी गराएर सकारात्मक सन्देश दिएका छन् ।
प्रतिनिधि सभा बैठकमा आइतवार विश्वासको मत लिने क्रममा देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै भएको उल्लेख गरे । विकास सरकारको प्राथमिकता भएपनि अझ महत्त्वपूर्ण कुरा जनताको जीवन रक्षा रहेकाले सरकार खोपमै केन्द्रित हुने देउवाले उल्लेख गरे ।
संयोग भन्नुपर्छ, प्रतिनिधि सभाबाट विश्वासको मत पाएको भोलिपल्ट प्रधानमन्त्री देउवाले अमेरिकी सरकारले दिएको ‘जोन्सन एन्ड जोन्सन’ कम्पनीको खोप लगाउने अभियानको शुभारम्भ गरे । र, राजधानी काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रमा गएर प्रत्यक्ष अनुमगन गरे । प्रधानमन्त्रीले विभिन्न खोप केन्द्रमा गएर अनुमगन गर्नुलाई उनले संसद्मा जनाएको प्रतिबद्धता व्यवहारमै उतार्न खोजेको रूपमा बुझ्न सकिन्छ । देशको कार्यकारी प्रमुखले खोप केन्द्रको अनुमगन गरेर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै देउवाले मन्त्रिपरिषद् बैठकमार्फत असोज मसान्तसम्म एकतिहाइ जनसंख्या र चैत्र मसान्तसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गराएका थिए ।
दक्षिण एसियाका अन्य मुलुकमा जस्तै नेपालमा पनि पूर्ववर्ती सरकारले अपेक्षा गरेभन्दा पहिल्यै कोरोनाविरुद्ध खोपको शुरूआत गरेको थियो । तर, कोभिशिल्डको पहिलो डोज लगाएका १३ लाख जेष्ठ नागरिकले समयमै दोस्रो डोज खोप पाउन सकेका छैनन् । उनीहरूलाई जतिसक्दो छिटो खोपको प्रबन्ध गर्न सरकारले सबै प्रयत्न गर्न जरुरी छ ।
कोरोना महामारी नियन्त्रण नहुँदासम्म जसको नेतृत्वमा जुनसुकै सरकार भएपनि खोप नै यतिबेलाको प्राथमिकता बन्नुपर्छ । सबै नागरिकले खोप प्राप्त गरेपछि मात्र जनजीवन सामान्य अवस्थामा फर्किने छ । यस अर्थमा प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सही निर्धारण गरेका छन् । केही महिनापछि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसअगावै सबै नेपालीले खोप पाए भने निर्वाचन गर्न सहज हुनेछ ।
यतिबेला कोरोना महामारीबाट बच्न आम मानिसहरू घण्टौंसम्म घामपानीमा भिजेर खोप लगाउने लाइनमा बसिरहेका छन् । खोप केन्द्रहरू व्यवस्थित र सुरक्षित छैनन् । सक्षम स्वास्थ्य मन्त्री नियुक्त गरेर पारदर्शी रूपमा खोप लगाउने कामलाई महत्त्वका साथ अगाडि बढाउन प्रधानमन्त्रीले थप पहल अवश्य गर्नेछन् ।
असहज अवस्थामा सरकारको नेतृत्व गर्न आइपुगेका देउवाका अगाडि अर्को एक प्रमुख चुनौती छ– कोरोनाले जर्जर बनाएको अर्थतन्त्रको पुनरुत्थान गर्नु । कोरोना महामारीका कारण थोरै लगानीमा सञ्चालित रोजगारमूलक व्यवसाय होउन् या ठूला उद्योग, सबै मारमा परेका छन् ।
प्रधानमन्त्रीको पाँचौं कार्यकाल शुरू गरेका देउवाको काँधमा सबै राजनीतिक दललाई विश्वासमा लिएर कोरोनाविरुद्धको लडाईं जित्दै देशलाई विकास र समृद्धिको मार्गमा लैजाने जिम्मेवारी छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
केही ढिला भएपनि सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा चुनाव गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । निर्वाचन आयोगसँग जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जनाएकोमा सरकारले निर्वाचनलाई ५ दिन ...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
कामको नाममा चार वर्षसम्म आफ्नो प्रदेशको नाम समेत जुराउन नसकेको 'निकम्मा' प्रदेश १ मा आइतवार मन्त्रिपरिषद् विस्तार भयो । नेकपा एमाले विभाजनको बाइप्रडक्टस्वरूप अन्य प्रदेशमा जस्तै नाम जुराउन नसकेको ...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...