पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान् पक्राउ

पोर्न चलचित्र बनाएको आरोपमा बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् । 


Advertisement

उनलाई सोमवार राति मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको हो । 


Advertisement

शिल्पा समेतलाई प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ । किनकि उनी अधिकांश बिजनेशमा राज कुन्द्राको पार्टनर हुन् । शिल्पालाई सोधपुछका लागि प्रहरीले पत्र पठाउने तयारी गरेको छ । 

प्रहरीले राजसँगै उनका साथी रयान थारपलाई पनि पक्राउ गरेको छ । आज उनीहरूलाई अदालतमा पेश गर्ने तयारी छ । 


Advertisement

मुम्बईका पुलिस कमिश्नर हेमन्त नागराले राज कुन्द्राका विरुद्ध ठोस प्रमाण आफूहरूसँग भएकाले पक्राउ गरेर सोधपुछ चलिरहेको बताए ।  

यसअघि पनि उनलाई क्राइम ब्रान्चले सोधपुछका लागि बोलाएको थियो । 

यद्यपि पक्राउपछि मात्रै प्रहरीले पोर्नको विषयमा खुलासा गरेको थियो । प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार राज कुन्द्राको पोर्न फिल्म उद्योगमा ८ देखि १० करोडको लगानी छ । राज र ब्रिटेनमा रहने उनका भाइले केनरिन नामको कम्पनी चलाएका छन् । चलचित्रको भिडियो भारतमा छायांकन गरिएको थियो र ‘वी ट्रान्सफर’बाट केनरिनलाई पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार यो कम्पनी राजले नै बनाएको र विदेशमा रजिस्ट्रेसन गराएका हुन् ताकि भारतको साइबर ल बाट बच्न सकियोस् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्