मुवाँथाईको बेलायत र जापानमा सम्पर्क मञ्च

नेपाल राष्ट्रिय मुवाँथाई संघले थप दुई देशमा सम्पर्क मञ्च विस्तार गरेको छ । 

साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।


Advertisement

सुरज कार्की र तेजबहादुर लामाको अध्यक्षतामा क्रमशः नेपाल–बेलायत र नेपाल–जापान मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । दुवै पूर्व खेलाडी हुन् ।

यसअघि नेपाल–अस्ट्रेलिया तथा नेपाल–अमेरिका मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको थियो । अस्ट्रेलियामा प्रफुल श्रेष्ठ तथा अमेरिकामा मनीष थापालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्