भीम रावललाई भेटेर फर्किए माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेटेर फर्किएका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलले असन्तुष्ट बन्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।


Advertisement

राजीनामा दिएपछि पार्टीका कुनै पनि छलफलमा सहभागी नभएका रावललाई भेट्न नेता नेपाल उनकै निजी निवास पुगेका थिए ।

पार्टीमा भएको १० बुँदे सहमति विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमा पार्टी विभाजित भएपछि रावल असन्तुष्ट बनेका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्