×

NMB BANK
NIC ASIA

साउने रमझममा हरियो चुराको बजार

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी) का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो ।

Sagarmatha Cement
Muktinath Bank

साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल जनविश्वास छ । साउनमा सोमबार परेको दिन मिथिलानी विभिन्न वस्त्र परिधानमा सजिएर शिवभक्तिका गीत गाउँदै शिवालयमा देखिन्छन् । मिथिलानीको यो परिधानभित्र हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै बस्ती÷बस्तीमा हरियो चुराको बजार जमेको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन् । हरियो चुरासहितको प्रसाधनमा सजिएर भगवान् शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरि हरियो चुराले नाडी छोपेकी बर्दिवास नगरपालिका–९ की शैल महतो बताउँछन् ।


Advertisment
Nabil box
Kumari

“साउन महिना प्रकृति पूजाका लागि विशिष्ट मानिन्छ, हरियो रङलाई प्रकृतिको प्रतीक मानिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–५ सिद्धपुरकी रुवी झा भन्छिन्, “हाम्रा तीर्थ व्रत र चाडबाड धेरैजसो प्रकृतिसम्बद्ध छन्, त्यसैले साउनमा हरियो चुराले महत्व पाएको हो ।”

Vianet communication
Laxmi Bank

    विवाहित मिथिलानी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन् । नवविवाहिता मिथिलानी त साउनमै पतिपत्नीबीच पिरती गाढा हुने विश्वास गर्छन् । भगवान् शिवको आराधना होस् कि अन्य धार्मिक अवसर, सौभाग्य प्रसाधनको चयनमा हरियो चुरा मिथिलानीको प्राथमिकतामै पर्छ । साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृङ्गार प्रसाधनका पसल साउन लागिकन जताततै सजिएका छन् ।

    कोभिड–१९ महाव्याधिको सन्त्रास हटिसकेको नहुँदा जिल्ला प्रशासनले मेला, उत्सव र शिवालयमा बाक्लो जमघटमा रोक लगाएको छ तर लामो समय निषेधाज्ञाले जकडिएका सर्वसाधारण महाव्याधि अलि कम भएको बेला अहिले शिवालयमा पुगेको देखिन्छन् । मिथिलानी त अहिले लामो कारागार बसाइबाट छुटेजस्तै भएका छन् । सधैँ घरगृहस्थीमा रुमलिने मिथिलानी साउन लागेपछि सहेलीहरुको झुण्डमा मन फुकाएर हाँस्दै शिवालयमा देखिन्छन् । यस्तो जमघटमा आफ्ना वस्त्र परिधान विशिष्ट देखिउन् भन्ने अन्तरनिहित चाहना हुने गरेको भङ्गाहा–४ रामनगरकी रसिया थारु बताउँछिन् ।  

    साउन महिनाले खेतबारी र कान्लापाखामात्र नभएर परिवेश नै हरियो बनाएको देखिन्छ । हाट बजारमा यतिखेर जताततै हरिया शृङ्गार साधनका पसल सजिएका छन् । यस्ता शृङ्गार प्रसाधनका पसलमा युवा उमेरका मिथिलानीको उपस्थिति सघन देखिन्छ । महाव्याधि सन्त्रासबीच कारोबार सबै बन्द भएर जिङ्राएका व्यापारी साउन लागिकन परिस्थिति सहज बन्दै गएको आकलन गरेर पर्व केन्द्रित व्यापारमा लागेका छन् ।

महाव्याधि सन्त्रास घटेको हुँदा धेरथोर व्यापार चल्न थालेको व्यापारीहरुको भनाइ छ । अहिले महिलाले हरियो रङका जरी भरेको चुरा तथा हरिया बुट्टेचुरा बढी खोज्ने गरेको भङ्गाहा–५ सीतापुर बजारका शृङ्गार भण्डारका सञ्चालक रामभगत साह बताउँछन् । चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ । साउनमा हरियो चुराजस्तै हत्केला, नाडी र नङमा मेहन्दी लगाउने मिथिलानीको चलन छ । साउनमा हत्केला, नङ, औँला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ ।  

    हरियो रङलाई समृद्धिको प्रतीक पनि मानिन्छ । साउने सोमबारी पर्वका बर्तालु विवाहित मिथिलानीले पतिको समृद्धिको कामना गर्दै हरियो चुरा, पोते, हरियो लुगा र हत्केलामा मेहन्दी लगाउने प्रचलन छ । त्यसैगरी अविवाहित नवयौवना मिथिलानी सुन्दर वर (दुलहा) को कामना गर्दै साउने व्रत बस्छन् । साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार दिने चलन पनि बाक्लै भएको हुँदा यो महिनामा यस्ता सामानको बजार निकै जम्ने गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x