×

NMB BANK
NIC ASIA

महाधिवेशनको चटारो

कांग्रेस अधिवेशनको सरगर्मी : लुम्बिनी प्रदेशको सभापति बन्न नेताहरू दौडधुपमा

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा गर्ने तय भइसकेको छ ।

Sagarmatha Cement
Muktinath Bank

तर कांग्रेसलाई तत्काल आइलागेको सत्ता सम्हाल्ने जिम्मेवारीले तोकिएको समयमा महाधिवेशन होला वा नहोला ? अझै भन्न सकिने अवस्था छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तैपनि नेता र कार्यकर्तालाई कांग्रेसको आन्तरिक चुनावले ढपक्कै ढाकेको छ । कांग्रेसमा ३ समूह अस्तित्वमा छन् । देउवा आफैंले नेतृत्व गरेको संस्थापन समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको अर्को समूह छ ।


Advertisment
Nabil box
Kumari

लुम्बिनी प्रदेशका सबै जिल्लामा नेतृत्वका लागि संस्थापन र पौडेल समूहले दाबेदारी प्रस्तुत गरी दौडधुपमा छन् । कांग्रेसको महाधिवेशन हुनुअघि जिल्ला र प्रदेश अधिवेशन हुनेछ । जिल्लासँगै अहिले लुम्बिनी प्रदेशमा कांग्रेसको नेतृत्वमा को आउला भन्ने चासोको विषय छ ।

Vianet communication
Laxmi Bank

देश संघीय संरचनामा गएको ४ वर्ष भए पनि कांग्रेसले हालसम्म प्रदेश संरचना बनाएको छैन । अबको महाधिवेशनमा कांग्रेसको प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि चयन हुनेछन् ।

लुम्बिनी प्रदेशमा कांग्रेसको प्रदेश सभापतिको रूपमा आउनसक्ने केही सम्भावित अनुहारको चर्चा नेता कार्यकतादेखि चियाचौतारीसम्म हुन थालेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य भएको व्यक्ति नै नेतृत्वमा आउने बताइन्छ । यद्यपि जिल्ला सभापति बनेकाहरू पनि प्रदेश सभापतिको दाबी गरिरहेका छन् ।

लुम्बिनीबाट हाल नेपाली कांग्रेसमा १ दर्जनको हाराहारीमा केन्द्रीय सदस्य छन् । त्यसमध्ये केही नेता केन्द्रीय पदाधिकारीमा लड्ने चर्चा पनि छ ।
 
प्रदेशबाट केन्द्रीय सदस्य भएकामध्ये सबैभन्दा अग्रपंक्तिमा बालकृष्ण खाँण छन् । उनी अहिले गृहमन्त्री बनेपछि प्रदेशमा आउने सम्भावना कम रहेको नेताहरू बताउँछन् । उनी आसन्न महाधिवेशनमा महामन्त्री वा उपसभापतिको दाबेदार रहेको बताइन्छ । उनी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । उनी पार्टी भित्रको वरियतामा पनि प्रदेशका अरु सदस्यभन्दा अगाडि मानिन्छन् ।

लुम्बिनीबाट युवा केन्द्रीय सदस्य, गुल्मीका नेता चन्द्र भण्डारी प्रदेश सभापतिका प्रमुख दाबेदार मानिएका छन् । उनी प्रस्ट विचार राख्न सक्ने र युवामाझ परिचित नेता हुन् । 

भण्डारीले केही समयपछि उम्मेदवारीको लागि आफ्नो टीमसहित महाधिवेशनको विषयमा बोल्ने बताए । प्रदेश सभापतिको लागि आफू दाबेदार रहेको संकेत भण्डारीले गरे । भण्डारीले लोकान्तरसँग भने, ‘म पार्टीलाई बलियो बनाउने गरी टीमसहित आउँछु । यो विषयमा केही दिनभित्र प्रस्ट पार्छु । अहिले नै म उम्मेदवार हुँ भन्न मिल्दैन है ।’

उनी अहिले पौडेल समूहमा खुलेका छन् । १३औं महाधिवेशनमा उनी देउवा पक्षमा लागेका थिए । देउवाइतर समूहबाट केन्द्रीय पदाधिकारीका आकांक्षी धेरै भएकाले उनलाई केन्द्रमा पदाधिकारी दिन गाह्रो रहेको बताइन्छ । तसर्थ भण्डारीलाई पौडेल समूहले प्रदेशको सभापतिमा अगाडि सार्ने चर्चा बढी छ ।

नेता भण्डारीबाहेक लुम्बिनीबाट पूर्व गृह राज्यमन्त्री, पश्चिम नवलपरासी नेताका देवेन्द्रराज कंडेल दाबेदार हुन् । पूर्व गृहमन्त्री स्व. खुमबहादुर खड्का निकट उनी अहिले संस्थापन समूहमा छन् ।

कंडेलले केन्द्रीय सहमहामन्त्रीमा टिकट नपाए आफू प्रदेश सभापतिको प्रमुख दाबेदार रहेको बताए । उनले लोकान्तरसँग भने, ‘मभन्दा सिनियर सहमहामन्त्रीमा आए मैले दाबी गर्दिनँ । नत्र म प्रदेश सभापतिको उम्मेदवार हुुन्छुु हुन्छु । हाम्रो समूहबाट त्यहीँ अनुसार म कार्यकर्तासँग भेटघाटदेखि छलफलमा छु ।’

कंडेल १३औं महाधिवेशनमा भूगोलको कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

केन्द्रीय सदस्यहरू दाङका दीपक गिरी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा र पुष्पा भुसाल, पाल्पाका हरि नेपाल, बर्दियाका किशोरसिंह राठौर, कपिलवस्तुका अतहर कमाल मुसलमान, दाङकी शिला शर्मा, कपिलवस्तुका अभिषेक प्रताप शाह लगायत केन्द्रीय सदस्य पनि प्रदेश नेतृत्वको लागि आकांक्षी रहेका कांग्रेस नेताहरू बताउँछन् ।
  
गिरी पनि १३औं महाधिवेशनमा भूगोलको कोटाबाट केन्द्रीय सदस्य भएका हुन् । राठौर पूर्व विद्यार्थी नेता हुन् । यसबाहेक अरू केन्द्रीय सदस्य कोही आरक्षण कोटाबाट र कोही मनोनित भएकाले आमकार्यकर्ताको मन जित्न गाह्रो हुने कतिपय कांग्रेस कार्यकर्ताको बुझाइ छ ।  

रूपन्देहीको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य भरतकुमार शाह अहिले संघीय संसदको सार्वजनिक लेखा समितिको सभापति भएपछि चर्चामा छन् । उनी ३ पटक रुपन्देहीबाट निर्वाचित भइसकेका छन् । उनी देउवा निकट नेता हुन् । उनी पनि अहिले केन्द्रीय सदस्य हुन् । 

बर्दियाका कांग्रेस जिल्ला सभापति सञ्जय गौतम नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर चर्चामा आएका रहे । उनी मन्त्री पनि भइसकेका छन् । उनलाई कांग्रेसमा सशक्त रूपमा हेरिएको छ । 

कांग्रेस विभाजनको बेला र एकतासहित ३ कार्यकाल रूपन्देही जिल्ला सभापति भएका अब्दुल रज्जाक पनि सांसद र राज्यमन्त्री भइसकेका छन् । उनलाई पनि प्रदेश सभापतिको दाबेदार मानिएको छ । पाल्पा जिल्ला सभापति वीरबहादुर रानाले समेत दाबी प्रस्तुत गरिसकेका छन् ।  

प्रदेश सांसद समेत रहेका पाल्पाका सभापति वीरबहादुर रानाले आफूलाई प्रदेशको नेतृत्व दिनुपर्ने बताए । ‘मैले २ कार्यकाल जिल्ला सभापतिको नेतृत्व गरेको छु । म वडास्तरदेखि पार्टी सभापतिसम्म भएको हुँ । मलाई संगठन र युवालाई पार्टीमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने राम्रो भिजन छ । त्यसैले मलाई पहिले प्रदेश नेतृत्व हाँक्ने अवसर दिनेछन् भन्ने आशा छ,’ रानाले लोकान्तरसँग भने, ‘प्रदेशसभा पनि मैले कांग्रेसका मुद्दा सशक्त रूपमा उठाएको छु ।’ राना पौडेलपक्षीय नेता हुुन् ।

रोल्पाका अमर पुनले आफू प्रदेशको उम्मेदवार रहेको सार्वजनिक गरिसकेका छन् । रोल्पाका सभापति केन्द्रतर्फ लबिङ गरिरहेको छन् । आमजनतामा लोकप्रियता र पार्टीको गुटमा पर्नुबाहेक भौगोलिकताले पनि प्रदेश नेतृत्व चयनलाई प्रभाव पार्न सक्छ ।

लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाभित्र साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलको आञ्चलिक मनोविज्ञान पनि अझै बाँकी छ । आञ्चलिक मनोविज्ञानले पनि कांग्रेसको प्रदेश नेतृत्वमा को उम्मेदवार बन्छ र को विजयी बन्छ भनेर अर्थ राख्ने कतिपयको बुझाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x