भारतविरुद्धको युद्ध लड्न तिब्बती युवालाई तयार पार्दै चीन

भारतसँग सीमा तनावको स्थितिमा चीनले तिब्बतीहरूलाई जनमुक्ति सेनामा भर्तीका लागि विभिन्न प्रयास गर्दै आएको छ । 

तिब्बती युवालाई सेनाका साथै स्थानीय मिलिसियामा भर्ती गरेर सीमारक्षक पनि बनाउने चीनको सोच छ । सीमामा आफ्नो सैन्य स्थिति बलियो बनाउने र एयरबेसलाई अप्ग्रेड गर्ने काममा चीनले तीव्रता दिएको छ । 


Advertisement

तिब्बत स्वायत्त क्षेत्रमा रहेको सैन्य एकेडमीमा प्रवेशका लागि विभिन्न विश्वविद्यालयका १७ देखि २० वर्षका ७० भन्दा बढी तिब्बती विद्यार्थीहरूलाई छानिएको छ । 

एक भारतीय सैन्य अधिकारीले द टाइम्स अफ इन्डियालाई बताए, ‘सीमावर्ती गाउँका तिब्बतीहरूलाई पनि भर्ती गरिँदैछ । उनीहरूलाई वास्तविक नियन्त्रण रेखाको राम्रो भौगोलिक ज्ञान छ । गश्ती टोलीको गाइडका रूपमा उनीहरूले काम गर्न सक्छन् ।’

जनमुक्ति सेनाले यातुङ काउन्टीअन्तर्गत सिक्किम नजिकको चुम्बी उपत्यकामा मिलिसियाको नयाँ ग्रुप बनाएको छ । त्यसमा सेनाले प्रशिक्षण दिएका स्थानीय तिब्बतीहरू छन् । 

एक ब्याचमा लगभग १०० युवा हुन्छन् र दुई ब्याचले तालिम सकेर चुम्बी उपत्यकाका विभिन्न भागमा ड्युटी गर्न समेत थालेका छन् । 

तिब्बतको नगारी प्रान्तका प्रत्येक तिब्बती परिवारका कम्तीमा एक पुरुष सदस्यलाई सेनामा भर्ती हुन अनिवार्य गरिएको छ । भारतसँगको सम्भावित युद्धमा ती तिब्बतीहरूलाई उपयोग गर्ने सोच पीएलएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्