×

NMB BANK
NIC ASIA

धमाधम अन्य देशमा जमीन किन्दै चीन, के हो उद्देश्य ?

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले हालको समयमा नयाँ रणनीतिक पहलअन्तर्गत संसारका विभिन्न देशमा जमीन किनिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यस मिसनमा चीनका सरकारी निकायहरू आक्रामक रूपमा विदेशमा भूमि अधिग्रहण गरिरहेका छन् । एसिया र अफ्रिकामा विभिन्न देशमा यसरी जमीन किनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँहरूले विगत एक दशकमा आफ्ना कम्पनीमार्फत किनेको वा भाडामा लिएको जमीनको क्षेत्रफल श्रीलंका जत्रो छ । अमेरिका र अन्य देशका कम्पनीहरू यस मामिलामा चीनभन्दा कोसौं पछि छन् । 


Advertisment
Nabil box
Kumari

जापानी मिडिया निक्केई एसियाको रिपोर्टअनुसार, विकासशील देशहरूको खाद्य तथा प्राकृतिक साधनस्रोतमा चीनको कब्जा हुने चिन्ता बढेको छ । ती देशमा सुरक्षा व्यवस्थाका विषयमा पनि प्रश्न उठेको छ । 

Vianet communication
Laxmi Bank

यस विषयमा अध्ययन गरिरहेका जापानको हिमेजी विश्वविद्यालयका प्राध्यापक हिदेकी हिरानोले चिनियाँ कम्पनीहरूबाट भूमि कब्जा गरिएको विषयमा ती देशहरूले आफ्नो कानूनलाई थप कडा बनाउनुपर्छ । 

म्यान्मारको उत्तरी राज्य कचिनमा केराको खेती व्यापक रूपमा हुने गर्छ । त्यहाँ चिनियाँ कम्पनीहरूले केरा खेतीमा व्यापक लगानी गरेका छन् । उत्पादित केरा धेरैजसो चीनतिरै जाने गर्छ । 

त्यस्तै भियतनामको दक्षिणी भागमा रहेको बिन्ह फुओक प्रान्तमा रबर व्यापक मात्रामा उत्पादन गरिन्छ । तर यो खेती चीनको प्रमुख कम्पनी न्यु होप लिउहेका गतिविधिका कारण जोखिममा परेको छ । 

यस चिनियाँ कम्पनीले रबरको उत्पादन गरिने ७५ हेक्टर जमीनमा सुँगुर पालिरहेको छ । कम्पनीको विस्तार भियतनामका कैयौं राज्यमा फैलिएको छ । त्यहाँ पालिएका सुँगुरको मासु चीनमा निर्यात गर्ने गरिएको छ । 

युरोपेली भूमि निगरानी संगठन ल्यान्ड मेट्रिक्सका अनुसार, चिनियाँ कम्पनीहरूले सन् २०११ देखि २०२० सम्म संसारभरि कृषि, जंगल र उत्खननका लागि ६४.८ लाख हेक्टर भूमिमा नियन्त्रण कायम गरेका छन् । 

चीनको आर्थिक विकासका कारण देशमा माग बढेपछि त्यसलाई पूर्ति गर्न विदेशी भूमि अधिग्रहण गर्दै उत्पादन गर्न चीन लागिपरेको छ । विदेशको जमीन हात पार्दा प्राकृतिक संसाधनमा पनि चीनको पकड बन्दै गएको छ । त्यसको दोहन गर्दै कम्पनीहरूले ती ती देशमा उत्पादन भएका वस्तु चीन पुर्‍याइरहेका छन् । 

त्यसबाहेक चिनियाँ कम्पनीहरूले व्यापक रूपमा खानी किनिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x