×

NMB BANK
NIC ASIA

ह्याकिङको त्रास

ह्याकिङको धम्कीले डेढ दर्जनभन्दा बढी बैंकमा त्रास, राष्ट्र बैंक भन्छ– कुनै थ्रेट भेटिएन

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको केन्द्रीय बैंकसहित करीब डेढ दर्जन बैंकमा ह्याकिङको धम्की आएको छ । 

Muktinath Bank

नेपाल राष्ट्र बैंकका अधिकारीलाई बुधवार दिउँसो इमेलमार्फत राष्ट्र बैंक र अन्य १४ वाणिज्य बैंक ह्याक गर्ने धम्की आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितका उच्च अधिकारीलाई बैंकहरूको सिस्टम ह्याक गरी रकम लैजाने चेतावनी आएको हो । 


Advertisment
Nabil box
Kumari

‘हिजो दिउँसो इमेल र फोनमार्फत बैंकहरूमा सिस्टम ह्याक गरी ठूलो क्षति पुर्‍याउने धम्की आएको थियो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

ह्याकरले तीन जनालाई सूचना इमेल गरेको पाइएको छ । जसमध्ये प्रवक्ता ढकाल र सहप्रवक्ता नारायणप्रसाद पोखरेलको इमेल उल्लेख गरिएको छ ।

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको इमेल एड्रेसमा पनि मेल गरिएको छ । यद्यपि सो मेल आईडी केही गलत छ ।

बुधवार दिउँसो नै पत्र बैंकिङ वृत्तमा भाइरल भयो । जसले बैंकका हाकिम तथा कर्मचारीहरूलाई बेचैन बनाएको थियो । 

ह्याकरले इमेलमार्फत विभिन्न १६ बैंकको प्रणालीमा आक्रमण गरेर रकम लैजाने चेतावनी दिएको थियो । 

इमेलमार्फत नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया, बैंक अफ काठमाडौं, सिटिजन बैंक, सानिमा बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक तथा हिमालयन बैंकको सिस्टम ह्याक गरी रकम लैजाने ह्याकरले धम्की दिएको थियो ।

‘ह्याक गर्छौं भनेर गलत हल्ला फैलाएको पाइयो’ 

राष्ट्र बैंकले ह्याक गर्छौं भनेर गलत हल्ला फिँजाइएको बताएको छ । केन्द्रीय बैंकका प्रवक्ता ढकालले लोकान्तरसँग भने, ‘आएका हल्ला वा चेतावनीहरूमा कुनै सत्यता भेटिएन, यसबाट आतंकित हुनुपर्ने अवस्था छैन ।’

उनले  बुधवार बेलुकादेखि अहिलेसम्म सबै सिस्टमहरू चेकजाँच गरिएको भन्दै कुनै पनि थ्रेट नभेटिएको बताए । 

उनले भने, ‘बेलुकादेखि अहिलेसम्म सिस्टमहरू चेक गरिसकेका छौंँ, कुनै थ्रेट छैन । हाम्रा सम्पूर्ण सिस्टमहरूमा कुनै अवरोध छैन ।’

उनले राष्ट्र बैंकले यसबारे थप अनुसन्धान गरिरहेको समेत जानकारी दिए । 

बैंकर्स भन्छन्– प्रणाली बलियो छ, आत्तिनु पर्दैन 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह अहिले बैंकिङ क्षेत्र थप शतर्कता भएको बताएका छन् । 

उनले अहिले बैंकिङ क्षेत्र निकै सुरक्षित भएको बताउँदै इमेल आउँदैमा कोही आतंकित हुनु नपर्ने बताए । 

हालसम्म बैंकिङ प्रणाली ह्याक गरेर रकम चोरी गर्न कसैले नसकेको समेत बताए ।

उनले भने, ‘आजसम्म बन्दुक बोकेर आएर पैसा चोरेको छ होला तर इलेक्ट्रोनिक ह्याकिङ गरेर कसैले पैसा चोर्न सकेको छैन ।’

उनले थपे,‘ बैंकिङ प्रणालीहरूलाई सुरक्षित बनाएका छौं । थप सुरक्षित बनाउन अग्रसर हुनुपर्छ, सुरक्षित बनाउँदै लैजान्छौँ ।’

यता वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले पनि ह्याकिङको धम्कीमा सत्यता नभएको भन्दै आतंकित नहुन आग्रह गरेको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले इमेल आएपछि बैंकहरूले थप शतर्कता अपनाएको भन्दै यसबाट आत्तिनु नपर्ने बताए । 

उनले लोकान्तरसँग भने,‘हरेक बैंकमा अहिले आइटी टिमले निकै मेहनतले काम गरिरहेको, मनिटरिङ गरिरहेका छन् । आत्तिनु पर्ने अवस्था छैन ।’

कत्तिको सुरक्षित छ नेपालको बैंकिङ प्रणाली ? 

बैंकिङ क्षेत्रमा यस्तो आतंक पहिलो भने होइन । विभिन्न समयमा बैंकिङ प्रणाली ह्याक गर्ने धम्की आइरहेका छन् । 

यद्यपी एकैपटक २ दर्जन बढी बैंकलाई आएको धम्कीलाई कम आँक्न नहुने राष्ट्रिय बाणिज्य बैंकका आइटी विभाग प्रमुख देवेश लोहनीले बताए । 

लोकान्तरसँग उनले भने,‘अहिले धम्की आएको छ, यो धम्की सत्य भए पनि झुटो भएपनि यसलाई कम आँक्न हुँदैन, भोलिका दिनमा पनि त यसले असर पुर्‍याउन सक्छ ।’

उनले यो धम्की यदि सत्यतामा परिणत भएमा बैंकिङ क्षेत्रमा ठूलो नोक्सानी हुने भएकाले सावधानी अपनाउन सुझाव दिए । 

उनले भने,‘ ह्याकिङको धम्की धम्की हुन्छ कि सत्यता ? सत्यतामा परिणत भएमा त ठूलै नोक्सानी हुन सक्छ । यसबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सबैको ध्यान केन्द्रित हुनुपर्छ ।’

अहिलेको घटनामा भने सबैको ध्यान केन्द्रित भएको र सबै बैंकको आइटी प्रणाली सुरक्षित बनाइएको उनले बताए ।

आइटी विभाग प्रमुख लोहनी कुनै पनि  आइटी प्रणाली शतप्रतिशत सुरक्षित छ भन्ने अवस्था नहुने बताउँछन् । उनले अहिलेको घटनाले बैंकिङ क्षेत्रलाई देखाएर मुलुकका अन्य क्षेत्रमा आक्रमण हुन सक्ने औंल्याए । 

उनी भन्छन्,‘यस्ता धम्कीहरू पछि सामान्यतयाः बैंकिङ क्षेत्रमा नभई अरु कुनै क्षेत्रमा हानिने सम्भावना बढी हुन्छ । सामान्य अवस्थामा पनि एक ठाउँमा देखाइन्छ र सबैको ध्यान त्यहाँ केन्द्रीत भएको अवस्थामा अन्य क्षेत्रमा आक्रमण गरिन्छ, अहिले पनि त्यस्तो हुन सक्छ। त्यसकारण सबै क्षेत्रमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ ।’

अहिले आएको धम्की करिब करिब असत्य प्रमाणित भएको सुनाउँदै उनले तै पनि प्रणालीलाई चुस्त राख्न चुक्नु नहुने बताए ।

‘यसो भन्दैमा चुप लागेर बस्न हुने अवस्था छैन । आज नभएपनि यो भोलिका लागि थ्रेट हो, सकेसम्म कसैले पनि म तेरो घर चोर्न आउँछु भनेर चोर्न आउँदैन, त्यसकारण सुरक्षित बनाउनुपर्छ ।’ 

बैंकिङ प्रणाली सुरक्षित बनाउनका लागि बैंकहरूले फायरवालहरूको प्रयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार, बैंकहरूले प्रणाली सुरक्षित बनाउनका लागि सेक्युरिटीमा उपायहरू अपनाउनुपर्छ ।

यस क्षेत्रमा लगानी गर्नुपर्छ भने कर्मचारीहरूलाई तालिम पनि दिनुपर्ने उनको भनाइ छ ।   

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x