×

NMB BANK
NIC ASIA

नेपाल–बंगलादेश व्यापारमा निर्यातभन्दा आयात बढी

साउन ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । 

Muktinath Bank

आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकमा नेपालमा उत्पादित सामान ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने ७ अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले १ वर्षमा मात्र नेपाल–बंगलादेश व्यापार घाटा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताए । उनले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार आव २०७६/०७७ मा ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा ४ अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । व्यापार घाटा ३ अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्यांकले देखाएको छ ।

Vianet communication
Laxmi Bank

आव २०७१/०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बंगलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवा लगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको उनको भनाइ छ । 

नेपालबाट बंगलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बंगलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मशिन, औषधि, भटमासको दाना र पिना, मशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्यु पेपर लगायत आयात हुने गरेको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए ।

मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्यांकी–फूलबारीबाट बंगलादेशको बंगलाबन्धबाट व्यापार हुँदै आएको छ । भारतले फूलबारी–बंगलाबन्ध नाका नेपाल–बंगलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो ।

पूर्वी नाका काँकडभिट्टाबाट करीब ८० किलोमिटरको दूरीमा बंगलादेश रहेको छ । मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले नेपालका कृषिजन्य वस्तुमा बंगलादेशले बढी लगाएको करको विषयमा नेपाल सरकारले नै पहल गरेर घटाउनुपर्ने बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x