कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनैदेखिका कलाकार हुन् रूपन्देहीका गोविन्द चौधरी । उनका सिर्जनामा दुरुस्तै मुहार झल्किन्छ ।
मूर्तिकला र चित्रकला उनको बाल्यकालदेखिको जग नै हो । उनी कंक्रिट, पत्थर र धातुलाई आफ्नो कलाको माध्यमबाट अनुहारमा बदल्छन् ।
हस्तकला क्षेत्रका सिद्धहस्त गोविन्द लामो समयको अध्ययन र खोजले अहिले मूर्तिका शिल्पीका रूपमा उभ्याएका हुन् ।
बुटवलका प्रतिभाशाली चौधरी रचनात्मक तरिकाले मूर्तिमा मुहार उतार्छन् । रूपन्देहीको तिलोत्तमा–७ साविक करहियाका जन्मिएका चौधरीको हातमा गजबको सीप छ । २० वर्षदेखि मूर्तिकलामा जमेका गोविन्दले त्यहीँ सीपबाट अहिले विश्वकै पहिलो क्रकुछन्द र कनकमणि बुद्धको मूर्ति बनाए । ती २ मूर्ति हालै कपिलवस्तुमा निग्लिहवामा राखिएका छन् । प्रदेश सरकारको दाबी अनुसार २ मूर्ति विश्वमै अहिलेसम्म कही बनेका छैनन् । २ वटा मूर्ति उनले १६ लाख रुपैयाँमा बनाएका हुन् ।
बुटवलको राजमार्ग चौराहामा आट् एण्ड आट्स (कला र कृति) नाम दिइएको मूर्ति कुद्ने एउटा सानो ठाउँ छ । त्यहाँ उनी मूर्ति कुदिरहेका भेटिन्छन् । सानैदेखि कला क्षेत्रमा रुचि भएका चौधरीले विद्यालय तहमा अध्ययन गर्दा पनि चित्रकला प्रतियोगिताहरू हुन्थे । त्यसमा उनी भाग लिँदा सधै राम्रो चित्र कोर्नेमा पर्थे ।
शान्ति नमूना मावि मणिग्राममा पढेका चौधरी स्कूलमा कला र चित्र देखाउने माहोल हुन्थ्यो । विभिन्न जनावरदेखि विभूतिसम्मका चित्र कापीमा कोरिरहन्थे ।
२०३८ सालमा तत्कालीन एसएलसी परीक्षापछि उनी भैरहवामा रहेको हिताङ्ग आर्टस्मा काम सिक्न थाले । त्यहाँ ३ वर्षभन्दा बढी साइन बोर्ड र तेलचित्र (वइल पेन्टिङ) बनाउँदै आफ्नो सीपलाई निखार्दै लगे । चित्र र मूर्तिकलामा आफ्नो भविष्य देखेका गोविन्द उच्च शिक्षाका लागि ललितकला क्याम्पसमा पढ्न काठमाडौं हानिए ।
ललितकला क्याम्पसमा बीएफए पढ्दै उनले निरन्तर चित्र कोरिरहे । अध्ययन गर्दैगर्दा पनि उनी कहिल्यै खाली हात बसेनन् । अध्ययनको गरिमा र सम्भावनाबारे उनले विभिन्न क्षेत्रमा काम गरिरहे ।
उनी २०४६ सालमा चित्र र मूर्तिकलामा स्नातक पनि गरे । अध्ययनसँगै गोविन्द उत्कृष्ट सिल्पी बन्दै गएका थिए । कलेज बाहेकको समयमा पनि उनी बिहान बेलाको चित्र र मूर्ति बनाउँथे । उनको कलेज दिउँसोमा हुन्थ्यो । पढाइ पूरा गरेपछि उनले आफ्नै ढंगले काम गरेका थिए । उनीले काठमाडौंको जलाधार विभागमा चित्र कोरिरहन्थे । त्यो काम उनलाई कलेज पढाउने शिक्षक कृष्ण मानन्धरले मिलाइदिन्थे ।
२०४५ सालमा बाल दिवसको दिन उनले ५५ मिटरको फ्ल्याक्समा चित्र पनि कोरे । त्यो चित्र तत्कालीन राजपरिवार पनि आएर अवलोकनका गरेका थिए । जुन प्रदर्शन दशरथ रंगशालामा भएको थियो ।
उनले आफूलाई चित्रबाट मूर्तितिर मोड्दै लगे । काठमाडौंलाई त अझै मूर्ति नै मूर्तिको शहरको रूपमा पनि चिनिन्छ । त्यहीँ समयमा उनलाई हेटौंडाको शहीद रंगशालाका लागि भीमसेन थापा, दशरथ, गंगालाल लगायतका १३ वटा शहीदको शालिक बनाउने अवसर आइलाग्यो । त्यो ठूलो अवसर उनले सहजै स्वीकार गरे ।
झण्डै १ वर्षमा उनले ती सबै शहीदको मूर्ति तयार पारे । उनी फोटो हेरेर मूर्तिमा आकार निकाल्छन् । २०५७ सालमा बुटवल झरेर गोविन्दले चौराहामा कला र कृति सञ्चालनमा ल्याएका हुन् । उनले सयौं व्यक्तिका तस्वीरलाई सालिकमा उतारेका छन् ।
गोविन्दले बनाएका विभिन्न राजनीतिक दलका स्व. नेता, पूर्व राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायतका मूर्ति र सालिकहरू ठाउँठाउँमा पुगेका छन् । बुटवलमा नेकपाका संस्थापक नेता पुष्पलाल लगायतका सालिक पनि उनकै सिर्जना हुन् ।
द्वन्द्वकालमा मृत्यु भएका व्यक्ति परिवारले बनाउन लगाएर धेरै सालिक पनि उनकै सिर्जनामा सजिएका छन् । उनलाई अहिले मूर्ति बनाउन भ्याइँनभ्याइँ छ । लकडाउनले पनि उनको कामलाई अवरोध गरेन । अहिले आएर उनी जहाँ पुगे पनि मूर्तिमै व्यस्त हुन्छन् ।
चौधरीले तामा, पित्तल, ढुंगा, माटो र सिमेन्टको प्रयोग गरी माग अनुसार जस्तोसुकै मूर्ति पनि बनाउँछन् । उहिले उनी द्वन्द्वकालमा मृत्यु भएका अर्घाखाँचीका यज्ञ बेल्बासे र मिनप्रसाद बेल्वासेको मूर्ति कुँदिनमा व्यस्त छन् । २ दिनअघि मात्रै उनले अर्घाखाँचीका नेत्र क्षेत्रीको शालिक बनाएर सितगंगा नगरपालिकालाई दिइसकेका छन् ।
गोविन्द भन्छन्, ‘मूर्तिकला क्षेत्रमा धेरै दुःख छ तर कुनै समयमा उत्कृष्ट रहेको नेपाली मूर्तिकला जोगाउन लागेको छु ।’ उनले मूर्ति बनाएर वार्षिक लाखौं आम्दानी गर्छन् ।
मूर्तिमा ठूलो मेहनत हुने गोविन्द बताउँछन् । ‘मैले हालै उद्योग, वन तथा वातावरण मन्त्रालयका लागि क्रकुछन्द र कनकमणि बुद्धको मूर्ति २ वर्ष लगाएर बनाएँ,’ गोविन्द भन्छन्, ‘बल्ल आएर मानिसहरू मूतिकलाको महत्त्व बुझ्न थालेका छन् ।’
नेपालमा अत्याधुनिक मूर्ति बनाउने सीप भएका थुप्रै मूर्तिकार रहेका भए पनि अझै मूर्ति र शालिक बनाउन भारतबाट महंगो ज्यालामा कलाकार झिकाउने गरिन्छ । त्यसलाई रोक लगाउन आवश्यक रहेको गोविन्द बताउँछन् ।
मूर्ति बनाउने प्रक्रिया रोचक पनि हुन्छ । शुरूमा मैनको मूर्ति तयार गरेर त्यसमा माटो लेप लगाइन्छ । त्यसलाई सुकाइन्छ । मैन पग्लिएपछि मूर्तिको भित्री भाग खोक्रो हुन्छ, जहाँ धातु पगालेर हालिन्छ । त्यसमा चाँदी, पित्तल, तामाजस्ता आवश्यक धातु हाल्न सकिन्छ ।
आवश्यकता अनुसार यसलाई पुनः छायाँमा सुकाएर माटो फालिन्छ । त्यसपछि मूर्तिको प्रारम्भिक प्रारूप तयार हुन्छ । त्यसलाई विभिन्न बुट्टा भरेर कलात्मक बनाइन्छ ।
मूर्ति बनाएर उनी पूर्ण सन्तुष्ट छन् । ‘यस पेशामा निरन्तर लाग्ने हो भने नाम र दाम दुवै छ,’ उनी भन्छन् । राज्य र व्यक्ति विभिन्न महत्त्वपूर्ण आन्दोलन र द्वन्द्वको समयमा मृत्यु भएका व्यक्तिको शालिन बनाउन थालेका छन् ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...