राज कुन्द्रालाई शिल्पाको साथ, भनिन्- अश्लील होइन, इरोटिका हो

बलिउड नायिका शिल्पा सेट्टीले अहिले मुस्किलमा छिन् । कारण– उनका श्रीमान् अश्लील चलचित्र बनाएको आरोपमा पक्राउ परेका छन् । 


Advertisement

यही मुद्दामा भारतीय प्रहरीले शिल्पाको पनि बयान लिएको छ । 


Advertisement

सञ्चारमाध्यम मिड–डेको एक रिपोर्टअनुसार शिल्पाले पोर्न चलचित्रको कारोबारमा आफ्नो संलग्नता नभएको बताएकी छन् । उनले प्रहरीलाई दिएको बयानमा राज कुन्द्राको ऐप ‘हटसट’ मा उपलब्ध चलचित्रहरू ओटीटी प्लेटफर्ममा भएका अन्य चलचित्रभन्दा कम अश्लील भएको बताएकी छन् । उनले भनिन्, ‘अश्लील होइन, बरु इरोटिका हो।’

प्रहरीले शिल्पाको संलग्नताबारे जाँच गरिरहेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्