×

NMB BANK
NIC ASIA

उद्यम

विदेशको कमाइ कृषिमा लगानी गर्दा गाली, ‘डलर’ फलाउन थालेपछि ताली

साउन ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको केराबारी गाउँपालिका–२ का नारायण राईले १० वर्षसम्म बहराइनमा कराएको रकम स्वदेश फर्केर कृषिमा लगानी गरे । तर विदेशमा कमाएको पैसाले शहरमा घर बनाएर बस्न छाडेर कृषिमा डुबाएको भन्दै आफ्नैले उनले गाली गरे । नारायणकी पत्नी खुजुमबिना लिम्बु भने उनको योजनामा साथमै रहिन् ।

Muktinath Bank

वैदेशिक रोजगारीमा कमाएको पैसाले कृषि उद्यम गरेर नारायण नमूना कृषक बनेका छन् । कालो झारले कब्जा गरेको हरियाली पाखालाई राई दम्पतीले अग्र्यानिक चिया खेतीबाट हराभरा बनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नारायणले ५ रोपनीबाट शुरू गरेको चिया खेतीलाई विस्तार गरी ४०० रोपनीमा पुर्‍याएका छन् । अब २ हजार रोपनीसम्म चिया खेती विस्तार गर्ने योजना बनाएको उनी सुनाउँछन् ।


Advertisment
Nabil box
Kumari

विदेश गएर पैसा कमाउनु र चिया खेतीबाट भाग्य चम्काउनुअघि राई यत्रतत्र भड्किएका थिए । सानै उमेरमा आमा बितेपछि उनले आफन्तको घरमा बसेर एसएलसीसम्मको पढाइ सके । उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएर नारायण २०४४ सालतिर भारत गए । भारतमा अर्काको घरमा ३ वर्षसम्म भाडा माझेरै उनले आईटी पढ्दै केही इलम सिके ।

Vianet communication
Laxmi Bank

घडी, रेडियो बनाउने काम सिकेर उनी पुरख्यौली घर फर्किए । घर फर्किएर रेडियो बनाएर ‘यो रेडियो नेपाल हो’ नभनेसम्म सुन्ने गरेको उनले स्मरण गरे ।

‘घडी, टीभी, रेडियो बनाउने पेशा फस्टाउँदै थियो,’ नारायणले भने, ‘केही साथीभाइसँग मिलेर चिठ्ठा खोल्ने योजना बनायौं । छिमेकीले प्रहरीलाई उजुरी गरेछन् । मलाई प्रहरीले लग्यो । पछि धरौटीमा छाड्यो ।’ छुटेर आउँदा उजुर गर्ने छरछिमेकीले ठूलै अपराध गरेजस्तो व्यवहार गरेको उनले सम्झिए । त्यसपछि नारायण विदेश गए ।

उनी वैदेशिक रोजगारीमा हुँदै पत्नीले ५ रोपनी जग्गा किनेर चिया खेती शुरू गरिसकेकी थिइन् । नारायणले पनि स्वदेश फर्किएपछि चिया खेतीमा लाग्दा धेरैले मगज खुस्केको भन्दै गाली गरे । पहाडको डाँडामा फर्केर कृषिमा लगानी गर्दा गाली गर्नेको ताँती नै लाग्यो । तर आफ्नो योजनालाई मूर्तरूप दिन उनले गाउँठाउँमा अग्र्यानिक चिया खेती गरेरै हरियाली बनाउने अठोट लिए । सोही योजनाअनुसार पाखोबारीमा चिया खेती गरे ।

उनी भन्छन्, ‘त्यतिबेला यो राई पागल भएछ समेत भन्न भ्याए ।’ नारायणले शुरू गरेको चिया बगानलाई ‘मातृभूमि टी स्ट्रिट प्रालि’ नाम दिएर दर्ता गराएका छन् । पत्नीले शुरू गरेको पेशाले नरायणलाई यति बेला राम्रो उद्यमी बनाएको छ । 

‘शुरू–शुरूमा कृषि कार्यालयका कर्मचारी समेतले तराईका जिल्लामा चिया खेती गर्दा बालुवामा पानी लगाउनुजस्तै हो भन्थे,’ शुरूआतको पीडा सुनाउँदै खजुमबिना लिम्बुले भनिन्, ‘छरछिमकीहरू पनि बोल्दैन्थे । चिया विकास बोर्डले दिएको तालिममा समेत मलाई सहभागी गराइएन । तालिमका सहभागीलाई खाना, बस्न तथा खाजाको व्यवस्था थियो तर मैले खाजा, खाना, बस्नको पैसा तिरेरै तालिम लिएँ ।’

राई दम्पतीले दैनिक ४० जनालाई रोजगारी दिएका छन् । चिसो हावापानीसँगै लहलहै मौलाउँदै गरेका चिया बोटलाई राईले आफ्नो सपना बनाएका छन् । चिया खेती जिल्लाका अन्य छिमेकी गाविसमा पनि विस्तार हुन थालेकाले नारायण दम्पती झनै हौसिएका छन् ।

अचेल नारायण दम्पती सिंहदेवीमा रहेको चिया बगान चियाउन आउने स्वदेशी/विदेशी जो कोहीलाई आफ्नो पौरखको कथा गर्व साथ भन्छन्, ‘पहिले गाली खाइयो, अहिले ताली पाइयो ।’ 

राई दम्पतीको चिया बगानमा ६ प्रजातिका चिया उत्पादन हुन्छ र ‘डलर’मा किनबेच हुन थालेको छ । अग्र्यानिक चिया जापान, चीन, जर्मन, मलेसिया, इन्डोनेसिया, बेलायत, कोरिया, अस्ट्रेलियादेखि दक्षिण अफ्रिका र अमेरिकासम्म निर्यात हुने गरेको छ । नारायण दम्पती चिया बगानमा आफैं खट्छन् । चियाको पत्ता टिप्ने, रोप्ने र गोडमेल गर्ने बेला गाउँलेलाई रोजगारी दिन्छन् । सिजन नभएका बेला आफैं खटिन्छन् ।

राई दम्पतीले चिया बगान मात्रै होइन, गाई, बाख्रा, लोकल कुखुरा समेत पालेका छन् । गाईको गोबर, मूत्र र गन्धकको समिश्रणबाट प्राकृतिक मल तयार गरी वनस्पतिमा लगाउने गरेका छन् । 

राई दम्पतीले ६ रोपनी पाखोबारीमा किवी खेती गरेको ७ वर्ष भयो । मकै कोदो समेत दुम्सीले खाएपछि राईले काठमाडौंबाट ५ वटा किवीका बिरुवा ५०० रुपैयाँ प्रतिगोटाका दरले किनेर रोपेका थिए । उनले रोपेको किवी ३ वर्षमा फल्न थाल्यो भने त्यहीबाट उनले नयाँ बिरुवा समेत उत्पादन गरेका छन् । अहिले उनको बारीमा १०० बोटभन्दा बढी किवीले फल दिने गरेका छन् ।  ५० रोपनीलाई पुग्ने गरी किवीको नर्सरी राखेको उनी बताउँछन् । किवी, गुराँस, आरुलगायत ५ प्रजातिका वाइन समेत राईले उत्पादन गर्ने गरेका छन् ।

राई दम्पतीको सोचाइ छ – चिया फार्मको कतै छेउटुप्पोमा ध्यान केन्द्र स्थापना गर्ने । त्यसपछि तराईका शहरमा विरक्तिएको जीवनलाई चिसो र स्वच्छ हावापानी भएको सिंहदेवीमा आएर मानिसले आनन्द लिन सक्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x