माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
कर्णाली राजमार्गमा मात्र पछिल्ला ४ वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् ।
आर्थिक वर्ष २०७३/७४ देखि शुरू भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो संख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।
सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिए ।
पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।
महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् ।
ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करीब ४३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल २ लेनका छन् ।
तीला खोलाबाहेकका पुलको निर्माण २०७४ जेठदेखि निर्माण शुरू भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् । तीला खोलाको पुल निर्माणका लागि २०७५ सालमा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । १ दशकअघि २०६३ चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कूल लम्बाइ २३२ किलोमिटर रहेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको राजमार्गको सुर्खेत–जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि १ हजार ५०० नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...