×

NMB BANK
NIC ASIA

शैक्षिक कार्यक्रम सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

साउन १०, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध संकायमा अध्ययन/अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० शय्या क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।

Vianet communication
Laxmi Bank

बगालेका अनुसार अर्को वर्षबाटै एमडिजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने २ वर्षमा बीएन, बिएस्सी नर्सिङ तथा बीएमएलटी कार्यक्रम सञ्चालन गर्न सकिने छ ।

डा. बगालेले भने, ‘हामी २/३ महिनामै १०० शय्या क्षमतामा जान्छौं, सबै तयारी पूरा भएको छ ।’ उनका अनुसार अस्पतालमा केही महिनामै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा आउँदैछ । १० शय्याको आईसीयू, ५ शय्याको एनआईसीयू, १० शय्याको पोस्टअप, २ वटा मोडुलर शल्यक्रिया कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम भइरहेको उनले जानकारी दिए ।

शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै स्वास्थ्य सेवाको गुणस्तरमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ । अस्पतालले पूर्वी चितवनमा रहेका चारवटा नगरपालिका रत्ननगर, खैरहनी, राप्ती र कालिकाका जनतालाई प्रत्यक्ष स्वास्थ्य सुविधा पुर्‍याउन सक्नेछ ।

अस्पतालमा हाल दैनिक ७०० हाराहारी बिरामी आउने गरेका छन् । बगालेका अनुसार अधिकांश जसो शल्यक्रिया लगायतका सेवा अस्पतालले दिने गरेको छ । यसअघि त्यस क्षेत्रका जनता सामान्य अवस्थामा पनि उपचारका लागि भरतपुर आउन बाध्य थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x