माधव नेपालजस्तै १० बुँदे सहमतिमा ओलीको चित्त बुझेको थिएन : सुवास नेम्वाङ

नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले माधव नेपालको जस्तै १० बुँदे सहमतिमा अध्यक्ष केपी शर्मा ओलीको पनि चित्त नबुझेको बताएका छन् । तर, पार्टी एकता गर्नुपर्छ भनेर कार्यदलले गरेको सहमतिलाई अध्यक्षले स्वीकार गरेको उनले बताए । 

सिंहदरवारस्थित संसद् सचिवालयमा विघटित कार्यदलका सदस्यसँग सांसदहरूले गरेको छलफलमा कार्यदलका संयोजक समेत रहेका नेम्वाङले पार्टी एकता जोगाउन सबैले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । 


Advertisement

‘व्यक्ति–व्यक्तिको कुरा गर्दा माधव नेपाललाई जस्तै केपी ओलीलाई पनि चित्त बुझेको थिएन, कार्यदलका सबै सदस्यले सर्वसम्मतिका आधारमा पार्टी एकताका लागि तयारी गरेका छौं । सबैले कार्यान्वयन गरेर पार्टी एकता जोगाउनु पर्छ,’ नेम्वाङले भने । 

आइतवारको छलफल कार्यक्रमको संयोजन गरेका सांसद यज्ञराज सुनुवारले कार्यदलका सदस्य, सांसद र सबै नेताले हस्तक्षेप गरेर पार्टी एकता जोगाउनु पर्ने बताए । 


Advertisement

ओली र माधव नेपालको निर्णयले मात्र पार्टी चल्न नसक्ने भन्दै सबैले हस्तक्षेप गरेर पार्टी एकता जोगाउनु पर्ने उनले बताए । 

कार्यदलका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त बाहिरिएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्